काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको निधन भएको हो । आयुर्वेदिक चिकित्सक शाहको उपचारका क्रममा सोमबार (मंसिर १५) मध्याह्न करिब १२ बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको जनाइएको छ ।

अस्पताल स्रोतका अनुसार, उपचारका निम्ति उनलाई आइतबार (मंसिर १४) सिभिल लगिएको थियो । उहाँको आज १२ बजे निधन भएको हो, अस्पताल स्रोतले भन्यो । स्रोतका अनुसार, शाहमा पिसाबसम्बन्धी समस्या देखिएको थियो । सोमबारै बिहान प्रधानमन्त्री सुशीला कार्की उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *