लम्साललाई प्रभु बैंकको कार्यवाहक सीईओको जिम्मेवारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको हो । बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धान प्रक्रियामा रहेकाले दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउन सञ्चालक समितिबाट वरिष्ठतम् कर्मचारी लम्साललाई जिम्मेवारी दिएको जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका वरिष्ठतम् कर्मचारी श्री निरज लम्साललाई आज मिति २०८२ मंसिर १४ गते देखि लागु हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकतको जिम्मेवारी प्रदान गरिएको छ, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउनका लागि लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ूअनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा नकारात्मक असर पर्ने अवस्था नरहेको व्यहोरा विश्वास दिलाउन चाहन्छौँ । साथै, बैंकका समस्त निक्षेकर्ता, ग्राहक एवं सेयरधनी महानुभावहरूबाट सदाझैँ बैंकप्रति सहयोग, सद्भाव तथा शुभेच्छा प्राप्त भैरहनेमा विश्वस्त छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *