वैदेशिक सहायता प्रतिबद्धता ७४.३५ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा नेपालले पाउँदै आएको वैदेशिक सहायता प्रतिबद्धतामा भारी गिरावट आएको छ । अघिल्लो आव २०८१।८२ को पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ७४.३५ प्रतिशतले घटेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्षको असोजसम्म वैदेशिक सहायता प्रतिवद्धता ९ अर्ब ५४ करोड रहेको छ,” अर्थ मन्त्रालयको विवरणमा भनिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिवद्धता ३७ अर्ब १८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा नेपालले २७ अर्ब ६४ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । चालु आवमा प्राप्त सबै वैदेशिक सहायता प्रतिबद्धता सबै अनुदान सहायता रहेको अर्थ मन्त्रालयले जनाएको छ । कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी ७१.३ प्रतिशत ऊर्जा क्षेत्रमा र बाँकी प्रतिबद्धता अन्य क्षेत्रमा रहेको छ । चीन सरकारको स्वास्थ्य क्षेत्र र मानव संशाधन विकास क्षेत्रमा थप सहायता गर्ने प्रतिबद्धता जनाएको छ, अर्थ मन्त्रालये भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *