एन आई सी एशिया बैंकका ग्राहकहरुलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट
काठमाण्डौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । ENT and General Service अन्तर्गत OPD मा २० प्रतिशत तथा Investigation मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
साथै, आँखा उपचार गर्दा OPD General २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत, Laboratory मा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
















