ट्रस्ट जग्गाभाडा प्रकरण :  सर्वोच्चद्वारा पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नेपाल ट्रस्टको जग्गाभाडा प्रकरणमा पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई सर्वोच्च अदालतले थुनामुक्तको आदेश दिन अस्वीकार गरेको छ । कार्कीलाई थुनामुक्त गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सरकारी पक्षको दाबीलाई वैधानिकता दिएको हो ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थाम्सेर्कु कम्पनीलाई भाडामा लगाउँदा किर्ते र अनियमितता भएको ठहर गर्दै कार्कीलाई सीआईबीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतको अनुमतिअनुसार अनुसन्धानका लागि कार्की हिरासतमा छन् । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेसँगै कार्की अब थुनछेक आदेशपछि मात्रै थुनामक्त हुने वा पुर्पक्षका लागि जेल चलान हुने टुंगो लाग्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *