लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान सुरु
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको अभियान डिजिटल डिसेम्बर २०२५ सुरु भएको छ। ‘इम्पावरिङ इन्टरप्राइजेज’ भन्ने नाराका साथ सुरु गरिको यो अभियान देशभरका उद्यमहरूको डिजिटल रूपान्तरणमा केन्द्रित रहने बैंकले बताएको छ । यो अभियान डिजिटल बैंकिङ प्रवर्द्धनन गर्ने बैंकको वार्षिक अभियानको सातौ संस्करण हो । डिसेम्बर महिनाभर चल्ने यो अभियानबाट बैंकले आफ्ना डिजिटल प्लेटफर्मलाई व्यावसायिक कारोबारका लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ, जुन अघिल्ला वर्षका उपभोक्ता–केन्द्रित अभियानबाट उद्यम–केन्द्रित डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण परिवर्तन हो । यस वर्षको डिजिटल डिसेम्बरले नेपालका घरेलु, साना तथा मझौला उद्यम कर्पोरेट संघ–संस्था, खुद्रा तथा थोक व्यवसायी, आईटी, वित्त, स्वास्थ्य, शिक्षा र आतिथ्य क्षेत्रलगायतका विविध उद्यमहरूलाई समेट्न बैंकले जनाएको छ । त्यस्तै अभियानले एपीआई तथा होस्ट–टु–होस्ट कनेक्टिभिटीमार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने आधुनिक समाधान र भुक्तानी प्रक्रिया सरल बनाउने प्रविधि प्रयोगमा जोड दिइएको छ ।
यस अभियान अन्तर्गत बैंकले ई–कमर्स व्यवसायलाई भिसा तथा मास्टरकार्डबाट निर्वाध भुक्तानी प्राप्त गर्ने सुविधा, कर्पोरेट संघ–संस्थाका कर्मचारीहरूलाई भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्डको सेवा दिँदैछ । त्यस्तै व्यवस्थित व्यापारिक कारोबारका लागि कर्पोरेट पे र राष्ट्रिय भुक्तानी इन्टरफेसको एकीकृत समाधान, तथा व्यापारिक भुक्तानी प्राप्तीलाई अझ सहज बनाउने ‘लक्ष्मी वाणी’ क्युआर भ्वाइस बक्स सेवा मजबूत रूपमा विस्तार गर्दैछ । अभियानमा सहभागी व्यवसायीहरूले डिसेम्बर महिनाभर विशेष अनबोर्डिङ अफर, छुट तथा अग्राधिकार सेवाहरू प्राप्त गर्नेछन्, जसले उनीहरूको डिजिटल रूपान्तरण यात्रालाई थप लाभदायी बनाउनेछ । बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार डिजिटल डिसेम्बर २०२५ ले उद्यम भुक्तानी नवप्रवर्तनमा बैंकको अग्रणी भूमिकालाई थप सुदृढ बनाउनेछ ।
















