समानुपातिकतर्फको निर्वाचन कार्यक्रम : मंसिर २१ देखि दलको निवेदन, पुस १३ र १४ मा बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए ।

त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उमेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ भने माघ ४ गते प्रारम्भिक सूची प्रकाशित गरिने प्रवक्ता भट्टराईले जानकारी दिए । प्रारम्भिक सूची उपर दाबी(विरोध र उजुरीको छानबिन गरी माघ २० गते उमेदवारहरूको बन्दसूची अन्तिम प्रकाशन गरिने उनले बताए । विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधिसभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानुनी व्यवस्था रहेको छ । प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उमेदवारी मनोनयनको गर्ने कार्यतालिका रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *