नबिल बैंकले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *