एनपीएलमा आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाण्डौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायर खेल आज हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये ६ र विराटनगरले भने सातमध्ये ५ खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *