कांग्रेस कार्यवाहक सभापति खड्काले डाके जिल्ला सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका ७७ जिल्लाका सभापतिसहितको बैठक डाकेका छन् । बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा महामन्त्रीद्वय र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्यहरूको सहभागीता रहने भनिएको छ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण यही मंसिर २५ गतेभित्र गरिसक्न भनेको छ । त्यसको अपडेट लिन पनि बैठक डाकिएको केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।

कांग्रेसले निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको अनुपातमा शतप्रतिशत नयाँ क्रियाशील बाँड्ने छुट क्षेत्रहरूलाई दिएको छ । त्यसका लागि मंसिर २४ देखि २९ भित्र ८ लाख ७३ हजार नयाँ क्रियाशील बाँडेर पुस ३ भित्र केन्द्रमा पठाइसक्नुपर्नेछ । तोकिएकै समयमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण टुङ्गाएर केन्द्रमा पठाउन तथा महाधिवेशनका अन्य तालिका अनुरुप काम गर्नका लागि बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *