झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि झापा–१ बाट क्षेत्रीय समितिले शर्माको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार, उनको नाम सर्वसम्मतिबाट सिफारिस भएको हो । बुढाथोकीले भने, “महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत रूपमा हामीले सिफारिस गरेका हौँ । शर्माले ०७० र ०७४ मा यही क्षेत्रमा चुनाव हारेका थिए भने ०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।
















