प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले उनीहरूको पदीय हैसियत, आरोप दाबी र परियोजनामा उनीहरूको भूमिका तथा संलग्नतालाई हेरेर अधिकारीलाई पाँच लाख र भण्डारीलाई एक लाख धरौटी हुने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीसहितविरूद्ध मुद्दा दायर गरेको थियो । सो मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यका साथै १० जना तत्कालीन सचिवहसहित ५५ जनालाई विपक्षी बनाएको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ । पोखरा विमानस्थल निर्माणमा महानिर्देशक अधिकारी आयोजना प्रमुख भएर भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारमा सिफारिस गरेका थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *