महामन्त्री थापा रोल्पाबाट उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ ।
कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले महामन्त्री थापासहित ५ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । सभापति आचार्यले कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिए । जिल्ला कार्यसमितिको मङ्गलबार बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
















