सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि.बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ,

जस अन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *