सुर्खेत १ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस गरिएको हो ।
















