कांग्रेस सूचीमा को-को छन् ११० उमेदवार ?
काठमाडौं । कांग्रेसले अन्तिममा निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छ । सबैभन्दा अन्तिममा सूची बुझाउने दल नै कांग्रेस बनेको छ । अपराह्नमात्रै कांग्रेसले सूची बुझाएको हो । कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंह केसीदेखि भिष्मराज आङदम्बेसम्म रहेका छन् । केसीको उमेदवारीलाई लिएर पार्टीभित्रै विरोध भएपछि महामन्त्री गगन थापाले असहमति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा विपरीत नै केसीको उमेदवारी रहेको बताएका छन् । कांग्रेसको सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्म परेका छन् ।





















