कुखुरा र बाख्राको मोर्चाले बाघको सिकार हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्य दुब्लाहरूको गठजोड भएको टिप्पणी गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरूले सहकार्य गरेको टिप्पणी गरे । दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नका लागि दुब्लाले एकताका कुरा गर्दछन् । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोलि पनि हुन्छ, उनले भने,अनि दुई,चारजना, दुई,चारजना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरे पनि कसरी होला ? एमालेलाई सिंहको संज्ञा दिँदै ओलीले त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर जित्न नसक्ने तर्क गरे ।

यसो हेर्छन् विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौँ भनेको छ । ऊसँग पनि मिलौँ भनेको छ । यसो हेयो विशालकाय एमाले छ । भिँड्नु त्योसँग छ, ओलीले भने, कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको सिकार हुन्छ ? मुकाविला हुन्छ ? ओलीले कांग्रेस, एमाले जस्तो विशाल पार्टीसँग लड्नका लागि दुब्लाहरूले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबी गरे । को लोकप्रिय छ भन्ने कुराको परीक्षण आगामी निर्वाचनबाट हुने उनको भनाइ छ । अहिले लोकप्रियता, अलोकप्रियताका अनेक विवादहरू, सृजना गरिएका अनेक भाष्यहरूको व्यवस्थित जवाफ एमालेका महाधिवेशनले दिएको छ । अर्को देशका को बढी लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्म नै रहन्छ । लोकतन्त्र पराजित नहुने भएकाले आगामी निर्वाचनमा आफूहरूको जित निश्चित भएको उनको दाबी छ । प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा । हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला ? फागुन २१ मा होला ? वा वैशाखमा होला । वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौँ, ओलीले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *