शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ १७ औँ वर्षमा प्रवेश : १ अर्ब १७ करोडको वासलातसहित सेवा विस्तारमा केन्द्रित

काठमाडौँ । शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक तथा सहयात्रीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। संस्थाले हालसम्मको यात्रामा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै यस १७ औँ वर्षको यात्रासम्म आइपुग्दा दशौँ हजार सदस्यहरूको परिवार बनाउन सफल भएको जनाएको छ। को-अपरेटिभको वर्तमान वित्तीय अवस्था निकै बलियो रहेको छ, जसमा १ अर्ब १७ करोड रुपैयाँको वासलात कायम भएको छ। संस्थाले हालसम्म करिब ७ सय जना सदस्यहरूलाई ऋण प्रवाह गर्दै आफ्ना ३५ जना कर्मचारीमार्फत निरन्तर वित्तीय सेवा प्रदान गरिरहेको छ। स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष विदुर बस्नेत र प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संयुक्त रूपमा आगामी दिनमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै थप परिष्कृत, गुणस्तरीय र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

साथै संस्थाले स्थापना दिवसको अवसरमा योग प्रेमी परिवारको सहकार्यमा वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सदस्य, कर्मचारी,स्थानीय बासिन्दा र सञ्चालकहरुले रक्तदान गरेका थिए । ‘रक्तदान, जीवनदान’ भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको रक्तदानले विरामीको उपचारका लागि अत्यावश्यक पर्ने रगतको मागलाई पुरा गर्न केही सहयोग पुग्ने विश्वास लिइएको छ । संस्थाका अध्यक्ष विदुर बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा रक्दान कार्यक्रम आयोजना गरिएको बताए । संस्थाले विगतमा पनि थुप्रै सामाजिक क्रियाकलाप मार्फत् सदस्य र समुदायलाई योगदान पुर्‍याएको उनको भनाई छ । काठमाडौँको चाबहिल चुच्चेपाटीमा प्रधान कार्यालय रहेको यस संस्थाले न्युरोडमा समेत सदस्य सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *