‘नाचेकै सुहाउँछ’ गीतमा जुना कार्की र ईश्वर बल्लभ उप्रेतीको आकर्षक अभिनय
काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘नाचेकै सुहाउँछ’ सार्वजनिक भएको छ। रमेश भुसाल र लक्ष्मी परियारको स्वर रहेको गीतमा बलराम विश्वकर्माको शब्द तथा रमेश भुसालको संगीत रहेको छ। मेशाना संगीतको अडियो,भिडियो प्रस्तुति रहेको गीतको भिडियोमा जुना कार्की र ईश्वर बल्लभ उप्रेतीले अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रविन थापाले गरेका हुन्। छायांकन सुदीप मैनाली र सम्पादन दिपक विस्टको रहेको छ भने मेकअप आर्टिस्टका रूपमा संगीता मिजारले काम गरेकी छन्। भिडियो निर्माणमा आवश्यक उपकरण फोटो फेसन स्टुडियोबाट उपलब्ध गराइएको छ। गीतको भिडियोमा जुना र ईश्वरको नृत्य तथा अभिनयलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। मौलिक नेपाली सांगीतिक स्वाद र नृत्यमार्फत दर्शक–श्रोतामाझ पुग्ने लक्ष्यसहित गीत सार्वजनिक गरिएको हो। ईश्वर बल्लभ उप्रेती नेपाली चलचित्रका निर्मातासमेत हुन्। चलचित्र क्षेत्रमा समेत सक्रिय उप्रेतीले यस सांगीतिक भिडियोमार्फत आफ्नो अभिनय प्रस्तुत गरेका छन्।
गीत : ‘नाचेकै सुहाउँछ’
स्वर : रमेश भुसाल र लक्ष्मी परियार
शब्द : बलराम विश्वकर्मा
संगीत : रमेश भुसाल
अडियो र भिडियो : मेशाना संगीत
निर्देशक र कोरियोग्राफर : प्रविन थापा
कलाकार : जुना कार्की र ईश्वर बल्लभ उप्रेती
छायांकन : सुदीप मैनाली
सम्पादन : दिपक विस्ट
मेकअप : संगीता मिजार
उपकरण : फोटो फेसन स्टुडियो रहेको छ ।
















