मिस नेवाः नेपालको उपाधि तिशालाई

काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन् । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा भएको मिस नेवाः नेपाल ११४६ मा १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै तिशाले उपाधि जितेकी हुन् । उनले नगद एक लाख रुपैयाँ पनि प्राप्त गरिन् । तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन् ।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । फर्स्ट र सेकेन्ड रनरअपले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान मिस ट्यालेन्ट फर्स्ट रनरअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनरअप भए । करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए । सोही विधामा सारिका महर्जन फर्स्ट रनरअप र दृष्टि महर्जन सेकेन्ड रनरअप बने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *