वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले जित्यो मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री

काठमाण्डौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ र जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गुठीले वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरेको हो । नेवार समुदायका परम्परागत मुकुन्डोनाचका विषयमा लेखिएको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ किताबका लागि जोशीलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ । त्यस्तै,मदन पुरस्कार गुठीको साधारण सभा बैठकले छ दशकसम्म गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा–श्री पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो । गुठीको साधारण सभा बैठकले दुवै पुरस्कारका लागि नाम चयन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *