‘मिसेस नेपाल वर्ल्ड’ का २२ फाइनलिस्ट घोषणा

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’का २२ जना फाइनलिस्ट घोषणा गरिएको छ । काठमाडौंमा आयोजित स्यास (नाम र प्रतियोगी नम्बर अंकित पट्टी) वितरण समारोहमा फाइनलिस्टको घोषणा गरिएको हो । अडिसनबाट छनोट भएका प्रतियोगीलाई आयोजकले स्यास प्रदान गरेको छ । फाइनलिस्टमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेच्छा पौड्याल, रश्मा श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन छन् । आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस वर्षको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता छ । प्रतियोगिताको ग्रान्ड फिनाले कात्तिक १४ गते नेपाल पुलिस क्लबको हलमा आयोजना हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *