सरकार संविधान नमान्नेतर्फ उद्धत छ : नेता पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता नहुने बताएका छन् । काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताका विषयमा बाहिर आएका हल्लामा सत्यता नभएको उल्लेख गरे । विश्वासको वातावरण बन्यो भने सहकार्यको वातावरण बन्छ । एकता पनि हुन्छ । पहिले भएकै स्थिति छ ।

अहिलेको सन्दर्भमा एमालेसँग एकता हुने ठाउँमा विषय पुगेको छैन । बाहिर आएका हल्लामा कुनै सत्यता छैन । नेता पुनले संविधान निर्माणमा कुनै त्याग र भूमिका निर्वाह नगरेको दल सत्तामा रहेको भन्दै संविधानबारे स्पस्ट दृष्टिकोण रास्वपाको हुनुपर्ने बताए संविधान बनाउने तीन शक्ति सत्ता बाहिर छ । संविधान निर्माणमा कुनै योगदान नभएको दल सत्तामा छ । यसले संविधान रक्षा गर्छ कि गर्दैन भन्ने स्पस्ट छैन, पुनले भने, संविधान नमान्ने भत्काउनेतर्फ उद्धत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *