पूर्वराष्ट्रपतिको अमर्यादित कदम

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनरागमनले केही गंभीर प्रश्न खडा गरिदिएको छ । भण्डारीले यसलाई मुलुकको राजनीतिक बाध्यता बताएकी छन । तर, भण्डारी सक्रिय राजनीतिमा आउँदा लोकतन्त्र र राष्ट्रियतालाई लाभ होइन घाटा नै हुने देखिन्छ । पूर्वराष्ट्र प्रमुखको हैसियतले उनले संकट निवारणका लागी राष्ट्रिय सहमतिको बनाउन सक्थिन, दलिय द्धन्द्ध कम गराएर दिगो शान्ति र अमन चयनको दिशामा केही योगदान गर्न सक्थिन तर उनले त्यसो नगरी आफ्नो ब्यत्तिगत लाभ हेरिन । उनी एक महत्वकांक्षी महिला हुन । महत्वकांक्षा नराम्रो कुरा होइन तर अति भएपछि जुनसुकै कुरा घातक हुन्छ । सक्रिय राजनीतिक जीवन त्यागेर अलंकारिक पदमा गएकी पूर्वराष्ट्रपतिलाई फेरी फर्केर राजनीतिमै आउनुपर्ने बाध्यता किन आइपर्यो त्यो कुरा भने उनले प्रष्ट गनुृपर्छ । हुन त भण्डारी राष्ट्रपति रहँदा पनि अति विवादित पात्र थिइन । उनले राष्ट्रपति कार्यालयलाई पार्टी कार्यालय जस्तो बनाइन । पार्टीका बैठकहरु राष्ट्रपति भवनमै आयोजना गरिन । नेकपाको फुट मिलाउन त उनले नाङगो रुपले नै कसरत गरिन । शौखिन र ऐयाश चरित्रकी भण्डारीले आफ्नो शानका निम्ति के गरिनन् । बाटो काट्ने डाक्टरमाथि बीर अस्पताल अगाडी निर्मम आक्रमण गराइन । जनकपुरमा जानकी मन्दिरमा डरलाग्दो प्रहरी दमन गराइन, कथित सवारीको नाममा घण्टौ सडक खाली गराएर तमासा देखाइन । यस्ता दुस्कर्मको फेरिस्त प्रस्तुत गर्ने हो भने त महाभारतको ग्रन्थ जस्तै विशाल पुस्तक बन्छ । राष्ट्रपति कार्यकाल सकिने बित्तिकै उनले पुनः एमालेमा फर्किएर अध्यक्ष बन्ने र प्रधानमन्त्रीको उम्मेदवार हुने प्रयास गरिन । त्यसमा खडग ओलीसँग स्वार्थ बाझेका कारण एमालेमा ठुलै विवाद उत्पन्न भयो । अहिले उनी ओलीसँग सुलह गरेर बरिष्ठ नेताको रुपमा एमालेमा भित्रिएकी छन । त्यसले उनको पदलोलुपता मात्र प्रकट गरेको छैन बरु राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको ब्यक्ति तुच्छ स्वार्थको लागी एउटा दलको कार्यकर्ता बनेर स्वच्छ, मर्यादित र गरिमामय परम्परालाई भत्काएकी छन ।

सुनारमाथि कारवाही होला
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा जितेका खगेन्द्र सुनारको सार्वजनिक भएको पछिल्लो भिडियोले नेपाली समाजमा मानव मुल्य, सभ्यता र नैतिकताको धरातल नराम्ररी भत्काउने काम गरेको छ । एउटी महिलामाथि कोही कसैले के सम्म गर्न भन्ने कुराको उदाहरण सुनार बनेका छन । उनले प्रदेश राज्यमन्त्रि र सांसद समेत रहेकी महिलालाई त्यो स्तरको ब्यवहार कसरी गरे भन्ने कुराको उत्तर नेपाली समाजले अवश्य नै खोज्ने छ । अब सुनुवारलाई बचाउन उनको पार्टीले के नाटक गर्छ भन्ने कुराको लक्षण देखिन थालिसकेको छ । केही महिना अघि गृहमन्त्री सुदन गुरुङलाई झैं नै बचाउने प्रपञ्च रच्ने गरी काम शुरु भइसकेको छ । त्यो कुरा किन पनि अनौठो मानिदैन भने सुनार चुनाव लड्न रास्वपा प्रवेश गर्नु अघि नै आपराधिक क्रियाकलापका कारण बदनाम ब्यक्ति थिए । उनलाई दर्जन बढी मुद्दा अदालतमा बिचारधिन थिए । अस्पतालमा आगजनी गरेको र डाक्टरमाथि अस्पतालमै पिटेको घटनाका दोषी सुनारले महिला अधिवक्तालाई तल्लो स्तरमा गालीगलोज गरेको, अदालतको मानहानी गरेको जस्ता मुद्दाका अभियुक्त थिए । हुन त सुनार मात्र रास्वपामा चरित्रहिन, उदण्ड र आपराधिक प्रवृत्तिका एकल ब्यक्ति होइनन् । पार्टी अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता तथा हालका प्रधानमन्त्री बालेन्द्र साहदेखि ९० प्रतिशत उम्मेदवार कुनै न कुनै आपराधिक मुद्दामा फसेका ब्यक्ति थिए । जितेर आउने कै ब्यवहार र चरित्र हेर्दा पनि सुनार समेत सैयौं ब्यक्ति आज पनि त्यस्ता क्रियाकलापमा संलग्न देखिन्छन । यस्तो अवस्थामा दोषी प्रमाणित गरेर कारवाही गर्न अदालतलाई पनि सहज अवश्य हुदैन । तर हामी के अपेक्षा गरौं भने यो प्रकरणमा न्यायनिरुपण गर्ने निकायले आँट गरेर सत्यतथ्यलाई पारख गर्ने र दोषीलाई हदैसम्मको कारवाही गर्ने दायीत्व पुरा गरोस । अहिले सरकार अपराधी जोगाउने अखडा बनेको छ । कानून हातमा लिएर सर्वसाधारण र विपक्षीलाई जसरी आतंकित पार्दैछ, त्यसैगरी आफ्नो पक्षकालाई अभयदान दिदैं जाँदैछ । यो परम्पराको अन्त्य होस र मुलुकमा न्याय मर्ने स्थितिको अन्त्य होस् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *