भिजिट भिसा प्रकरणमा रास्वपाद्वारा सहमति जुटाउन ५ बुँदे प्रस्ताव पेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सहमति जुटाउन ५ बुँदे प्रस्ताव पेश गरेको छ ।
संसद्मा केही दिनयता जारी गतिरोध हटाउन रास्वपाले यो प्रस्ताव सत्ता र प्रतिपक्षी दलबीच छलफलका लागि पठाएको हो । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।
सभामुख देवराज घिमिरेको पहलमा सत्ता र प्रतिपक्षी दलबीच निरन्तर छलफल भए पनि सहमति जुट्न नसकेको अवस्थामा रास्वपाले गतिरोध अन्त्यका लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ ।
५ बुँदे प्रस्ताव