अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी–२० शृंखलाका लागि अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ । आइतबार आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद दासलगायतको उपस्थिति थियो । टोली सोमबार राति अस्ट्रेलिया प्रस्थान गर्नेछ । प्रतियोगिता अस्ट्रेलियाको डार्बिनमा आगामी अगस्ट २१ देखि ३० सम्म हुनेछ । प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमीसँग, अगस्ट २६ मा एसीटी कोमेट्ससँग, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपालले गत संस्करणमा पनि उक्त प्रतियोगिता खेलेको थियो । टप एन्ड टी २० सिरिज लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली ः अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *