निर्वाचन सहजीकरणका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने अधिवेशनहरूलाई सहजीकरण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ । असोज ३ र ४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रिया सहज बनाउन प्रदेश संयोजक तोकेको हो । पार्टीले प्रदेश तहमा हुने अधिवेशन तथा निर्वाचनको समन्वय र सहजीकरण गर्ने जिम्मेवारी संयोजकहरूलाई दिएको छ । उनीहरूले सम्बन्धित प्रदेशमा अधिवेशनको तयारी, निर्वाचन प्रक्रिया तथा स्थानीय तहका पार्टी संरचनासँग समन्वय गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *