भाटभटेनी सुपरमार्केट्सको फेसन,ब्युटी तथा लाइफस्टाइल ब्रान्ड एम्बेसडरमा मिरुना मगर

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री मिरूना दुईवर्षे साझेदारीका लागि नेपालकै ठूलो चेन स्टोर भाटभटेनीसँग आवद्ध भएकी छन् । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिले अभिनेत्री मिरूना मगरलाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर बनाएको छ । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि नेपालकै ठूलो रिटेल चेन स्टोर कम्पनी हो । सम्झौताअनुसार मगरले सेप्टेम्बर २०२८ सम्म भाटभटेनीको फेसन, ब्युटी तथा लाइफस्टाइल ब्रान्ड एम्बेसडरका रूपमा भूमिका निर्वाह गर्नेछिन् । उनले स्किन केयर एन्ड ब्युटी, कस्मेटिक्स, फ्रेग्रेन्स, महिला पहिरन तथा फेसन, इन्फिनिटी एक्टिभ वेयर र फुडपार्क गरी विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नेछिन् । यस साझेदारीले नेपालको अग्रणी संस्था भाटभटेनी र देशकै चर्चित चलचित्र प्रतिभालाई एकै ठाउँमा ल्याएको छ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी मगरले ‘कबड्डी ४,द फाइनल म्याच’ र ‘जारी’ जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छन् । उनले साझेदारी अवधिभर भाटभटेनीका स्टोर, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत सञ्चालन हुने विभिन्न अभियानमा मुख्य भूमिका निर्वाह गर्ने छन् । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिका निर्देशक विधा गुरुङले मिरूनालाई भाटभटेनी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् ।

मिरुनाले नेपाली दर्शकमाझ जुन आत्मीयता र सम्बन्ध कायम गरेकी छन्, त्यो हाम्रो ब्युटी, फेसन तथा लाइफस्टाइल श्रेणीको केन्द्रमा राख्न चाहेको भावनासँग ठ्याक्कै मेल खान्छ, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिका निर्देशक गुरुङले भनिन्, “उहाँलाई भाटभटेनी परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।” भाटभटेनीसँगको सहकार्य आफ्ना लागि पनि खुसीको कुरा भएको मिरूनाको भनाइ छ । भाटभटेनी दशकौंदेखि नेपाली परिवारको दैनिक जीवनको हिस्सा बन्दै आएको छ, मिरुना मगरले भनिन्, “आगामी दुई वर्षमा ब्युटी, फेसन तथा लाइफस्टाइलका क्षेत्रमा यसका ग्राहकका लागि नयाँ सामग्री ल्याउन म उत्साहित छु । सन् १९८४ मा मीनबहादुर गुरुङद्वारा स्थापना गरिएको भाटभटेनी सुपरमार्केट नेपालकै ठूलो खुद्रा सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर हो । जसका स्टोरहरू काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न स्थानमा रहेका छन् । कम्पनीमा २२ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । भाटभटेनी वस्तु व्यापारतर्फ मुलुककै सबैभन्दा ठूलो करदाता हो । सरकारले वस्तु व्यापारतर्फ लगातार बढी कर तिरेको भाटभटेनीलाइ सम्मान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *