कांग्रेस बुटवलमा भण्डारीको प्यानलै विजयी

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको निर्वाचनमा ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले जितबहादुर मल्ललाई पराजित गरेका हुन् । भण्डारीको प्यानलबाट उमेदवारी दिएका गणेश घिमिरे उपसभापति, गंगा पन्थी महिला उपसभापति, ई. अर्जुन गिरी सचिव र नारायण खनाल सहसचिवमा निर्वाचित भए । युवा खुला सदस्यतर्फ सगुन पुन र डा. सन्तोषप्रसाद ढकाल निर्वाचित भएका छन् । नगर कार्यसमितिको नेतृत्वका लागि भण्डारी र मल्लले छुट्टाछुट्टै प्यानल बनाएर उमेदवारी दिएका थिए । बुटवल नगर कार्यसमितिको निर्वाचनमा ६६९ मतदाता रहेकामा ६४८ मत खसेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *