रिडी–तम्घास सडक पहिरोले अवरुद्ध

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार राति करिब ९ः४५ बजे लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले बताए । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । पहिरो हटाउन इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *