सशस्त्रका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो । समितिले बिहीबार नै प्रतिवेदन गृह मन्त्रालय बुझाएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार, निलम्बनमा परेका एआईजी दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो । एआईजी दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री वालेन शाह ९बालेन०को मुभमेन्टबारेको सूचना दिएको खुलेको छ । स्रोतका अनुसार, उनलाई बर्खास्तको तयारी गृह मन्त्रालयले गरेको छ । उच्च स्रोतले भन्यो, “देशको कार्यकारी प्रमुखको मुभमेन्टबारे अनधिकृत व्यक्तिलाई सूचना दिएको देखिएको छ । यो पुष्टि नै भएको कुरा हो । बर्खास्तकै तयारी छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *