माउन्ट एभरेस्ट डिस्टिलरीका दुई नयाँ प्रिमियम ब्रान्ड बजारमा

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ । कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै प्रिमियम सेग्मेन्टअन्तर्गत यी दुई उत्पादन सार्वजनिक गरेको हो । नेपालमा विगत १८ वर्षदेखि स्पिरिट्स उत्पादन गर्दै आएको कम्पनीले ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘माउन्ट गोल्ड’ ह्विस्कीले ‘गोल्डेन लाइट इन्डलेस नेपाल’ अवधारणामार्फत नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई प्रस्तुत गर्नेछ । यो ह्विस्की ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ । यसको अधिकतम खुद्रा मूल्य ९एमआरपी० क्रमशः ३ हजार, १ हजार ५०० र ७५० रुपैयाँ तोकिएको छ । त्यस्तै, आधुनिक प्रिमियम भोड्का बजारलाई लक्षित गर्दै ल्याइएको ‘ब्ल्याक पर्ल’ को ब्रान्ड अवधारणा ‘द पिक अफ प्युरिटी’ रहेको छ । यो भोड्का पनि ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ ।

यसको एमआरपी क्रमशः २ हजार ४००, १ हजार २०० र ६०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले दसैँलाई लक्षित गर्दै देशका प्रमुख सहरमा दुवै ब्रान्ड उपलब्ध हुनेछ । प्रारम्भिक चरणमा काठमाडौं र पोखरालगायतका प्रमुख बजार तथा छनोट गरिएका प्रिमियम आउटलेटमार्फत यी उत्पादन बजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ ब्रान्डको सार्वजनिकरण प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्ने तथा नेपाली स्पिरिट्स बजारमा विभिन्न श्रेणीका उत्पादन उपलब्ध गराउने रणनीतिको हिस्सा हो । आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ तथा नवीन उत्पादन बजारमा ल्याउँदै जाने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *