बेलायतमा गोर्खा सैनिकमा नेपालीको भर्ती बन्द हुनुपर्ने मागसहित सांसदहरुको ध्यानाकर्षण

काठमाडौं । बेलायतमा गोर्खा सैनिकमा नेपालीको भर्ती बन्द हुनुपर्ने माग गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले राख्दै आएको छ । तर अहिले त्यसवारे संसदमा कुनै करा नउठाएकाले संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ ।

गोर्खा सैनिकहरुमाथि धेरै दमनशोसन भएपछि गेसोले गोर्खा सैनिकको रुपमा बेलायती सेनामा नेपालीहरुको भर्ती बन्द गर्नुपर्ने माग विगत देखि नै राख्दै आएको छ ।

गेसोले गोर्खा सैनिक भर्तीको इतिहास र वर्तमान अवस्था समेटिएको ४६ पृष्ठ लामो पुस्तिका सांसदहरुलाई हुलाकमार्फत् पठाउँदै गोर्खा सैनिक भर्ती बन्द गर्नुपर्ने कारणबारे जानकारी गराएको हो ।

नेपाली भूमिमा ब्रिटिसले सैनिक शासक राखेर, नेपालीहरुलाई बहुराष्ट्रिय सेनामा पठाएर विश्वमा मानव व्यापार गरिरहेको र यो स्थितिमा नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो कि ब्रिटिसको उपनिवेश हो भन्ने प्रश्न उब्जिएको पुस्तिकामा उल्लेख छ ।

ब्रिटिस सेनाका नेपालीहरुलाई विश्वमा नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्र राष्ट्रहरु विरुद्ध युद्ध लडाएर नेपालको असंलग्न परराष्ट्र नीतिको धज्जी उडाइएको समेत उल्लेख छ ।
गेसेका सभापति पदमबहादुर गुरुङले सर्वोच्चमा २०७८ चैत ९ गते रिट लिएर समेत पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *