सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार भने प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेर एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *