सुनको मूल्य बढ्यो , तोलाको कति

काठमाडौ । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ। शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *