नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् ।

उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

उच्च अदालत पाटनले रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएसँगै थुनामुक्त हुने रायमाझीको प्रयास असफल भएको छ । तर, छोरा सन्दीप रायमाझी भने थुनामुक्त हुने भएका छन् ।

उनलाई अदालतले ३० लाख धरौटी माग गरेको छ । सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश भएको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाँड, इन्द्रजीत राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *