कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन, कस्को जिम्मेवारी के ?
विराटनगर । कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् । कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन वन तथा वातावरण र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २८ गते एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले गठबन्धनका तीन जनालाई कात्तिक १६ गते मन्त्री नियुक्त गरेपनि कार्यविभाजन भएको थिएन ।