सहकारी समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे एमालेको धारणा सार्वजनिक


काठमाडौं । नेकपा एमालेले अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे धारणा सार्वजनिक गरेको छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागले सोमबार पत्रकार सम्मेलन गरेर सहकारीमा देखिएको विद्यमान समस्या समाधान गर्ने सुझावसहित ३९ बुँदे धारणा सार्वजनिक गरेको हो । विभाग प्रमुख खगराज अधिकारीले बचतकर्ता ठग्ने जुनसुकै सहकारीलाई पनि कानुनअनुसार कारबाही गरेर बचतकर्ताले पैसा पाउने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । सहकारी संस्था अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भए पनि पछिल्लो समय केही सहकारी संस्थामा बर्षौंसम्म साधारणसभा नहुने, सञ्चालक परिवर्तन नगर्ने लगायत समस्याले सहकारी अभियान कमजोर बनिरहेको, बचतकर्ता मर्कामा परेको उनले बताए । बचतकर्ता ठग्ने जुनसुकै सहकारीलाई पनि सरकारले कारबाही गर्नुपर्नेमा सरकार नै मुकदर्शन बनेर बस्दा कतै बचतकर्ता ठग्ने सहकारीलाई साथ दिएको त छैन भन्ने प्रश्न उठन थालेको अधिकारीले बताए । उनले एमालेसँग जोडिएका व्यक्ति सञ्चालक भएका सहकारीले ठगेको भए पनि कारबाही गर्न सरकारलाई आग्रह गरे । उनले तत्काल सहकारीलाई व्यवस्थित गर्ने प्रतिबद्धा जनाउन सरकारसँग आग्रह गरे । समस्याग्रस्त सहकारीलाई सरकारले टेक ओभर गरेर बचतकर्ताले पैसा फिर्ता पाउने वातावरण बनाउन उनले आग्रह गरे । आर्थिक प्रणालीमा देखिएको समस्या एवं बाह्य तथा आन्तरिक कारणले सहकारी क्षेत्रमा समस्या देखिएको एमालेले जनाएको छ । अर्थतन्त्रको तीन खम्बा मध्ये सहकारी क्षेत्रलाई तहसनहस बनाउन सरकार र नियामक निकाय जवाफदेही रहेको एमालेको बुझाइ छ । जनताको बचतको रक्षाको दायित्व सरकारको भएको र सहकारीमा अहिले देखिएको समस्या यथाशिघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण एमालेले गरेको छ । सहकारी क्षेत्रमा देखा परेको दृष्टिकोणको विचलन, सञ्चालक, कर्मचारीमा देखिएको जीवनशैली एवं कार्यशैलीको विचलन र संगठनात्मक पद्धतिमा आएको विचलन विरुद्ध ठोस मार्गदर्शन र नीतिगत पहलकदमी आवश्यक रहेको एमालेको भनाइ छ ।
सहकारीमा देखिएका समस्या समाधान गर्न यस्ता छन् एमालेका ३९ बुँदे सुझाव
सहकारी क्षेत्र लगानी, स्वामित्व, संचालन र लाभ सामुहिक ढंगले हासिल हुने हुँदा सामाजिक न्याय सहितको विकासको परिकल्पना गर्दा यस क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । निर्णय प्रकृयामा सदस्यको सहभागिता र नियन्त्रण हुने हुँदा सरकारको पनि दण्डनीय भन्दापनि प्रवर्द्धनकारी भूमिकाको अपेक्षा गरिन्छ । तर, कतिपय व्यक्तिहरुको गलत अभ्यासका कारण स्वनियमको आधार कमजोर देखिएको । सहकारी क्षेत्रको नियमन संघीय सरकारको एकल अधिकार भएता पनि कार्य जिम्मेवारीमा नियमनको जिम्मेवारी सबै तहमा रहँदा नियमन पक्ष कमजोर भएको एमालेको बुझाइ छ । सहकारी क्षेत्रको नियमन, प्रतिवेदन र तथ्याङ्क एकरुपता नभएको एवं स्थानीय तह र प्रदेशमा सहकारी नियमनको क्षमतामा र प्रभावकारिता नभएको, सहकारीका विषयमा राजनीतिक दल एवं राज्यको दृष्टिकोण पनि अस्पस्ट र अदुरदर्शी रहेको, समग्र सहकारी क्षेत्रको ठूलो हिस्सा वित्तीय कारोवार गर्ने हुँदा नियमनका लागि पैरवी गर्ने र स्वनियमनका विधिहरु निमार्ण एवं कार्यान्वयनका सन्दर्भमा सहकारी अभियानको पनि कमजोरी रहेको जनाएको छ । सहकारी अभियान र सरकारबीचको सहकार्य कमजोर रहेको, नियमनकारी प्रबन्ध र नीति, विधी र प्रविधिको प्रयोगमा आधुनिकीकरण र प्रभावकारीतामा कमि देखिएको, सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सदस्य केन्द्रित र सामुहिकता आधारित सहभागितामूलक अभ्यास नहुँदा सहकारी संस्कृति र संस्कारमा हास आएको, सहकारी क्षेत्रको भरपर्दो तथ्यांक नभएकोले गर्दा संघ संस्थाहरुको यथार्थ विवरण, कारोबार, उत्पादन, प्रशोधन, बजारीकरणमा सहकारीले पूर्याएको योगदानको बारेमा सहि आकलन एवं मूल्याकन गर्न नसकिएको जनाएको छ । सरकारले स्थानीय आवश्यकताको मूल्याकन नगरी रातारात सहकारी संस्था दर्ता गर्ने, बचत ऋणको कारोवार गर्ने संस्थाको देशभर कार्यक्षेत्र स्विकृति दिने र अप्राकृतिक ढंगले एकिकरण गरिएको साथै कर्मचारीहरु नै अवान्छित कृयाकलापमा सामेल भएको पाइएको जनाएको छ । सहकारी मूलत उत्पादनमा केन्द्रित हुनपर्ने हो । तर, उत्पादन र सेवा व्यवसायमा भन्दा मध्यस्थता व्यवसाय (वित्तीय क्षेत्रमा ) वढी केन्द्रीत रहेको र सदस्यले पनि धन सिर्जना, पुँजी निर्माणको क्षेत्रमा ऋणको उपयोग नगरेको, सहकारीताको आधारभूत चरित्र र मूल्य मान्यता र सिद्धान्त एवं कानुनका बारेमा शिक्षा, सुचना, प्रचारमा कमि भएकोले अभ्यासमा त्रुटी रहेको । संस्थाका सन्चालक तथा कर्मचारीको अनियन्त्रित र असान्दर्भिक कार्यशैली, जीवनशैली रहेको एवं सदस्यको वचत व्यक्तिगत हितका लागि प्रयोग गरेको पाइएको एमालेले जनाएको छ । सहकारी ऐनले व्यवस्था गरेको सहकारी ऋण असुलि न्याधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोष स्थापना र कार्यान्वनका सन्दर्भमा सरकारको उदासिनता देखिएको, सहकारी क्षेत्रको संख्या र कारोबार विस्तारित भए अनुरुप सहकारी विभागको व्यवसायीक क्षमता विकास गर्न सरकारले आवश्यक चासो नदेखाएको दाबी गरेको छ । सहकारी ऐनको व्याख्या र कार्यान्वयनमा स्वविवेकीय र स्वेच्छाचारी प्रवृत्ति वढेको, उत्पादकत्व बढाउने लक्षित लगानीका क्षेत्रमा ध्यान दिनुको सट्टा घरजग्गा, सेयर बजार, नीजि कम्पनीहरुमा लगानी भएकोले जोखिमको मात्रामा वृद्धि भएको, सहकारीको वृतमा देखिएको समस्याले संस्थाको सन्चालक तथा लेखा समितिको जिम्मेवारी लिन समेत डराउने स्थिति सिर्जना भएको एवं सहकारी क्षेत्रका बारेमा नकारात्मक प्रचार भैरहेकोले समुदायमा आधारीत संस्थाको कारोवारमा पनि असर परेको जनाएको छ । वर्तमान सरकारले सहकारी क्षेत्रलाई संरक्षण, प्रवर्द्धन र विकास होइन प्रहारको निसाना र आक्रमणको केन्द्र वनाउँदै आएकोले सहकारी क्षेत्रले नै अशुरक्षित महशुस गरेको जनाएको छ । एमालेले समाजवादको आधार तयार गर्न गरेको लामो संघर्ष,बहस पैरवी, राजनीतिक वैचारिक दृष्टिकोण र सामाजिक एकताको अर्थतन्त्र, राष्टिय पुँजीको निर्माण ध्वस्त भई सामाजिक आर्थिक प्रणाली दलान पुँजीपतिको हातमा जानेछ र संविधानले परिकल्पना गरेको समाजवादको आधार कमजोर हुने जनाएको छ । लामो इतिहास, संकृति र आधारभूत तहको वित्तीय मूलप्रवाहिकरण, आधारभूत अर्थतन्त्र, महिला सशक्तिकरण र सामाजिक पुँजी निमार्णमा अमूल्य योगदान गर्ने क्षेत्रको भविष्यमाथी प्रश्न उठ्नेछ र समृद्धिको सभाहक क्षेत्रप्रति पिडकको भाष्य स्थापित हुने जनाएको छ । सहकारी प्रतिको नागरिक विश्वास खण्डित हुनेछ र सहकारी मार्फत सञ्चालन हुने सम्भाव्य आर्थिक विकासका आधार कमजोर हुने र सहकारिताको आधारभूत मूल्य र मान्यता कमजोर हुनेछ र सहकारी आन्दोलनले प्राप्त गरेको सामाजिक पुँजीको आधार भत्कने जनाएको छ । ग्रामिण तथा शहरी अर्थतन्त्रमा निष्ठावान सहकारीले पुर्‍‍याएको योगदानको अवमूल्यन भई धराशायी हुने र सहकारी क्षेत्रको संभावना संकुचित भई संविधानले गरेको तीनखम्बे अर्थव्यवस्था प्रणाली असफल हुनेछ र हामीले कल्पना गरेको तीन खम्बे अर्थनीति समाजवादको आधार भन्ने अर्थराजनीतिको भाष्य कमजोर भई राज्यले समृद्धि र सामाजिक न्याय स्थापना नभई संविधान सभावाट प्राप्त उपलब्धि भत्किने जनाएको छ । सहकारी क्षेत्रको नियमनको लागि संघीय, प्रदेश र पालिकाको स्पष्ट कार्यक्षेत्र परिभाषित गरि सरकारको संवैधानिक जिम्मेवारी निर्वाह गर्दै सवल र सक्षम संस्था, जनशक्ति तथा एकीकृत सूचना प्रणाली विकास गरि विद्यमान ऐनमा विरोधाभास भएका ऐनहरुको संशोधन र आधारभुत विषय पुर्ण कार्यान्वयन गर्नुपर्ने जनाएको छ । राज्यले सम्बोधन गर्नुपर्ने नागरिकहरुको आर्थिक, सामाजिक, सास्कृति र पर्यावरणीय मौलिक अधिकारको सुरक्षा र परिपुर्ती सहकारीको माध्यमवाट हुने भएकाले यस क्षेत्रको कर उन्मुक्ति एवं कर सुविधा प्रदान गर्नुपर्ने जनाएको छ । सहकारी क्षेत्रको नियमनका लागि महासंघ र विषयगत संघहरुको भूमिकाको कानुनी व्यवस्था गर्ने एवं अभियान र सरकारका वीचमा अर्थपूर्ण सहकार्य विकास हुनुपर्ने, सहकारी क्षेत्रलाइ उत्पादन, सेवा, वित्त व्यवस्था र बजारीकरणका लागि परिचालन गर्ने नीति अवलम्बन गर्नुपर्ने, सहकारी संघ संस्थाको सुरक्षामा राज्य जिम्मेवार हुनुपर्ने जनाएको छ । वास्तविक दोशिलाई यथाशिघ्र कार्वाही गरि वचतकर्ता सदस्यको सुरक्षको प्रत्यभूति गर्नुपर्ने, कारोबारको प्रकृति, सीमा तथा भौगोलिक क्षेत्रका आधारमा सहकारी संस्थाको नियमन सम्वन्धी व्यवस्थामा परिमार्जन गरि उत्पादन र सेवा सहकारीलाई प्रबंधन, परिपुर्ति, विकास गर्नुपर्छ भने वित्तीय सहकारीको प्रभावकारी नियमन गर्ने जनाएको छ । सहकारी क्षेत्रको कारोवारमा पनि विद्युतिय भुक्तानी प्रणालीको सुविधा दिनुपर्ने, बचत तथा ऋण सम्बन्धी कारोवार गर्ने संस्थाका लागि छुट्टै ऐन जारि गर्नुपर्ने र नियमनकारी प्रबन्ध र संघीय भूमिका अभिवृद्धि सहित कानून तर्जुमा गर्नुपर्ने, सहकारी क्षेत्रको सञ्चालन र स्तरिकरणको आधारभूत मानदण्ड, मापदण्डको विकास र विस्तार मार्फत सुशासन कायम गर्नुपर्ने, सहकारीको एकिकरण कार्यक्षेत्र व्यवस्थापन गरि सन्जाल व्यवस्थापनको आधारमा वित्तीय सहकारीको पुनसंरचनाको आवधिक रणनीति तर्जुमा गर्नुपर्ने उल्लेख छ । सहकारी क्षेत्रको स्वनियमनका लागि सहकारी संघ, संस्था लागि निश्चित मानदण्ड र मापदण्ड वनाई दिगो विकासको संस्थागत आधार तयार गर्नुपर्ने र सोको कार्यान्वयनको विषयलाइ कानूनी पक्षसंगको आवद्धता गराउने, सरकारका तीनै तहको सहकारी सम्बन्धी खण्डिकृत र एकीकृत तथ्याङ्क प्रणालीको सवलीकरण र सञ्चालन गर्न प्रविधिको विकास गर्नु पर्ने, अन्तरसम्वन्धीत सफ्टवेयरमा एकरुपता कायम गरि संस्था रहेको कारोवारको प्रत्यक्ष सुचना प्रणालीको विकास गरि डिजिटल अनुगमन प्रणालीको व्यवस्था, संभार र विकास गर्नुपर्ने, सहकारी क्षेत्रको नियमनमा जोखिम सुपरिवेक्षण तथा वित्तीय विश्लेषण प्रणालीको विकास, उत्पादकत्व व्यवस्थापन र सिर्जनशिलता व्यवस्थापनको क्षमता विकास गर्नुपर्ने जनाएको छ । सहकारीका बारेमा सदस्य, निर्वाचित पदाधिकारी, कर्मचारी एवं यूवा तथा समुदायका अगुवाहरुका वीच सहकारी शिक्षा तथा सुचना प्रवाहलाई व्यापक ढंगले लैजानुपर्ने । स्थानीय नेतृत्वको क्षमता विकास, सहकारी संघ सस्थाका सन्चालक तथा कर्मचारीको लागी विशिष्टीकृत ढंगको अनिवार्य तालिम संचालन गर्नुपर्ने, संविधानले सुनिश्चित गरेको अर्थव्यवस्था प्रणालीलाई भरोसायोग्य वनाउन साझा राजनीतिक प्रतिवद्धता आवस्यक रहेको, बचत तथा ऋण सहकारी सहित बचत तथा ऋण सम्वन्धी कारोवार गर्ने बहुउद्देश्यीय सहकारीको नियमनका लागि संस्थागत व्यवस्थाका लागि सहकारी ऐनमा संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *