जनतान्त्रिक गठबन्धन सरकार पर नेपाल मेँ क्या प्रतिक्रिया है–भारतमा चासो
सामाजिक सञ्जाल मार्फत मैले १४ जूनमा अवको दिनमा भारतको गठबन्धन सरकारको नेपालप्रति के सोच हुनेछ भनेर राखेको जिज्ञाशाप्रति भारतका प्रसिद्ध प्राज्ञ–वरिष्ठ साहित्य लेखक प्रयाश जोशीले “ परिस्थितिहरुमा रबैया निर्भर हुन्छ । बिना लाभ हानीको लागि राजनैतिक स्तरमा कुनै परिवर्तन मलाई सम्भव हुन्छ जस्तो लाग्दैन । जस्तो चुनावको समयमा हरेक देशले दोश्रो देशको डर देखाएर भोट वटुल्नको लागि षडयन्त्र रच्ने गर्छन । त्यसैगरी चीनको चहलपहल नेपालप्रति नरम गरम रबैयामा प्रभाव पार्न सक्छ । यस्तो लाग्छ की यो नयाँ अपाङ्गता कैयौँ नयाँ रुपमा हामीले हेर्न पाइने छ”भनेर सटीक बिचार दिनु भएको थियो । शपथग्रहण इतिहास कै भव्य उपस्थिति भएको ९ जुनको समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुबाट पद तथा गोपनीयताको शपथग्रहण गरेर नरेन्द्र दामोदर दास मोदीले भारतको तेश्रो पटक सम्मानीय प्रधानमन्त्रीमा नियुक्ति भएर भारतीय लोकतन्त्रको इतिहाशमा काँग्रेसका जवाहरलाल नेहरु पछि आफ्नो दल भाजपाको किर्तिमानी इतिहाश पनि जोडनु भएको छ र यो निर्वाचनले नबुझेको राजनीति पनि बुझाएकाले,निर्वाचनमा उम्मेदबार नभएका तथा पराजित भएका समेतलाई मन्त्रीमण्डलमा शामिल गराएर,पद दिएपछि सबै कुरा ठिक हुन्छ भन्ने सुत्रलाई बुझ्नु भएको र विगतमा सुरक्षा सन्धिमार्फत आफ्नो पछाडि महाशक्ति अमेरिका पनि छ,तेल खरिद गरिदिएकाले रुष पनि साथमा छ,नेत्यानु आफ्नै हुन,इरानसँग त तेल–बन्दर्गाहको सम्बन्ध छ,चिनसँगको व्यापारको सम्बन्ध छ भन्ने व्यहोरा विगतमा नै अवगत गराई सक्नु भएकाले गठबन्धनको शक्तिलाई आगामी दिनमा उहाँले अत्यन्त सफलताका साथ अझ राम्रो कार्य सञ्चालन गर्न परिचालन गरेर भारतको स्थितिमा सकारात्मक उचाई थप्नु हुनेछ भन्ने शुभकामना सहित सम्मानीय प्रधानमन्त्री नरेन्द्र मोदी,भाजपा तथा भाजपाको नेतृत्वको जनतान्त्रिक गठबन्धनलाई बधाई !
उहाँले नयाँ जिम्मेवारी लिएपछि मन्त्रालयको निर्णय प्रक्रिया एवं नीतिगत कुरामा राज्यमन्त्रीको पनि सहभागी हनुपर्छ,मन्त्रीहरुले मन्त्रालयको कार्य बाहेकका अनावश्यक कुरामा बोल्नु हुँदैन लगायतका कुराहरुको सन्देश पनि दिनु हुँदा मैले गुहमन्त्री बिमलेन्द्र निधिले राज्यमन्त्री इन्द्र बहादुर बानीयाँ र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले राज्य मन्त्री श्याम कुमार श्रेष्ठलाई मन्त्रालयमा बेकामे भएर बश्न नदिनुभएको सम्झनासँगै २०१९ को चुनाव ताका भारतीय काँग्रेस दलले नेताहरुलाई चर्चामा आउन सञ्चारमाध्यममा जथाभावि नबोल्न नजान समय तोकेर सजग गराएको बारे आफुले लेखिसकेको कुरा समेतको सम्झना भयो । भारतका प्रशिद्ध भाषाविद,व्याकरणाचार्य मोतीलाल विजयवर्गीयकी छोरी तथा नेपालको लुम्बिनी र बुद्धलाई असाध्य माया समेत गर्ने चौथो गजल संग्रह ‘बुद्ध होना चाहती हूँ’कि लेखिका डा.सीमा विजयवर्गीयले ११ जुन ई.सं.२०२४ का दिन मलाई मेशेञ्जरमा एउटा जिज्ञाशा राख्नु भयो–‘ मोदी गठबन्धन पर वहाँ क्या प्रतिक्रिया है !’ चुनावि नतिजाबारे यश्तै जिज्ञाशा अरु भारतीय अग्रज लेखक,बुद्धिजिविहरुले समेत राख्नु भएको थियो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईराला तथा उहाँ कै फुपुको छोरा प्रथम कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको गृहनगर विराटनगर,मोरङ्गको म बासिन्दा रहेछ भन्ने थाहा पाएर पनि राजनीतिमा यो पूर्व सरकारी जागिरे चासो राख्छ भनेर पनि जिज्ञाशा मसँग राखेका हुनसक्छन भनेर आफैँमा रमाइलो मान्दै जेलमा रहेका अपराधीलाई समेत मत दिने–भिडतन्त्रमा रमाउने यही स्तरका मतदाता, यही चुनाव प्रणालीको नेपाल भारतको प्रजातन्त्रले कति दिन धान्छ भनेर मनमा अचेल द्वन्द चल्न थालेको बेला भएपनि अनौपचारिक जनगफ बुझ्न–सुन्न लहड रहर चल्यो ।तर,बिराटनगरमा अव हिमालय रोडमा मैनालीको पुस्तक पशल,रोहिणि भट्टराईको पत्रिका पशल,महेन्द्र चौकमा तिवारिजीको पत्रिका पसल,बसपार्क र शहीद मैदानमा मश्को तथा पेकिङ्गका पुस्तक पाइने पशल छैनन् । न त त्यहाँ कालिमन्दीरको छेउमा चिया पशल नै छ ,टाटा मिष्ठान भण्डार पनि हटाइयो । काठमाण्डौमा अव पिपल बोट छैन,घट्टे कूलो,भुगोल पार्क,मैतिदेवी, कालिकास्थानमा शुन्य छ । झापामा अव भद्रपुर,चारआली,बुधबारे,शनिश्चरेलाई चिन्न सकिन्न,धरानको शिव चौक–छाता चौक छन छैनन ? पोखरामा र बागलुङ्गमा उहिलेका यश्ता कुरा गर्न पनि अचेल फुर्सद छैन होला,हेटौडाको भुटनदेवी माविका छेउछाउका चिया पशल छन र ? जनकपुरको भानु चौकमा जम्मा भएर प्रजातन्त्रको लागि मान्छे समेटने जमातले उहिले त्यहाँबाट भाग्नु परेको थियो,कराडौँको सम्पत्ति कौडीको भाउमा बेचेर । त्यसो भएकाले अहिले जनताको कुरा बुझ्न कठिन हुने पक्कै थियो तथापि बिहान डुल्नेहरु लगायत चिया पशल,खाजा घर,आदि स्थानमा डुल्दै थोरै भएपनि गफको सार बुझेर प्रस्तुत गरेको छु –
भारतको चुनावी परिणामबाट बाह्य देशसँगको कुटनीतिले मात्र काम नचल्ने रहेछ आन्तिरिक नीति पनि मजबुत हुनुपर्ने रहेछ,घर मै घुसेर मार्ने,अव चिन पाकिस्तानलाई देखाउन नयाँ नक्शा पारित गर्ने जस्ता उत्ताउलो कुराले चिन तथा पाकिस्तान लगायत दक्षिण एशियामा धाक जमाउने भाष्य त काम गर्ला तर विश्वको भूराजनीतिक अवस्थामा एशिया बाहेककाले पनि मर्यादित कुटनीतिको भाषा त खोज्दा रहेछन–भारतमा अर्ध प्रजातन्त्र वा निरंकुशतन्त्र हावि भएको भनेर भन्ने पनि रहेछन् भन्ने पाठ त दियो । भारतको बाहिरी संसारमा निकै ठूलो उचाई मोदी साशनकालमा थपिएको भएपनि आन्तरिक रुपमा जनतामा र बाहिरपनि गरिएको निगरानीमा असन्तुष्टि रहेछ भन्ने देखियो ।भारतको लोक सभा निर्वाचनको परिणामले भगवान तथा धर्मसँगको पवित्र आस्था विश्वाससाथ हुनुपर्ने सम्बन्धलाई सत्ता राजनीतिको फाइदासँगमात्र गठजोड गर्दा,धर्मको व्यापार गर्दा पवित्र धर्मको दिव्य दरवार हैन बरु रातारात सहज आर्जनको विवादस्पद फाइदा हुने रहेछ भनेर चेतावनी पनि जारी गर्दो रहेछ । जुनसुकै धर्मसँगको सम्बन्धले मानिश इमान्दार,दयालु,निश्चल,सदाचार,अनुशासित हुन्छ । अर्को धर्मप्रति घृणा फैलाएर आफैँ सम्प्रादायीक हुने,छलकपटी,हत्यारा,शोषक,हेपाहा हुन दिदैन धर्मले । आखिर जशले विजय गरेपनि भारतका दुवै गठबन्धनका सम्बन्धका फाइदाशास्त्रले सहमतीय अवशरबादलाई मलजल गर्ने छन जहाँ कल्पनाभन्दा बाहिरको पात्रहरुले सरकारका महत्वपूर्ण पद सम्भाल्ने अवशर पाउने छन् ।
यस सम्बन्धमा मसँग डिजिटल कुरा हुँदा विराटनगर बासि प्राज्ञ बलधाप कार्कीले–“ससंदीय संख्यात्मक अतिबादको बढोतरिबाट बिशुध्द संसदीय प्रजातन्त्र ओझेलमा पर्न जाने सक्ने अवस्था रहन्छ । छायाँमा राज्य पर्न जाने हुन्छ,अनगिन्ति बिकृति, विसङ्गगति लगायत मुलुक भ्रष्टचारको चक्रव्यूहमा फस्न सक्छ” भन्नु भएको थियो ।
१९ अप्रिल देखि १ जुनसम्म सात चरणमा सम्पन्न लोकसभा निर्वाचन २०२४ को परिणामले भाजपाको २०१९ को ३०३ विजयी संख्यालाई २४० मा झरेर काँग्रेसको ९९ सिटमा बढोतरी भएपछि एकातिर उत्तर प्रदेशको नतिजालाई लिएर भाजपा दलभित्रै मन्थन गर्दै हामी पराजित भएका हैनौँ ४० प्रतिशत आन्तरिक अन्तरघात,जाती–आरक्षण–संविधानबाट आरक्षण हटाउने भाजपाले भनेर प्रतिपक्ष ‘इण्डिया’गठबन्धनले प्रचारगरेकाले ४६ प्रतिशत मत प्रभावित(मेनका गान्धी)–शिखण्डीहरुले पनि यशपल्ट लुकेर प्रहार–जयचन्दको भूमिकामा दलभित्र खेल खेलीयो–अब भाजपाले छानविन गरेर कारवाही गर्छ बिदेशी प्रभावजस्ता कुराहरु उठीरहेका थिए । भारतीय सचेत नागरिक योगिराज शर्मा ८ जुन ई.सं. २०२४ मा आफ्नो सामाजिक सञ्जालको भित्तामा लेख्नु हुन्छ–“लोकसभा चुनावमा संविधान र लोकतन्त्र बचाउने रोइलो गर्दै र आरक्षण समाप्त हुने डर देखाए, जनतालाई भारू ८५००।= को झूठो बाचा गरेर हिन्दुहरुमा जातिवाद फैलाएर पनि उत्तराखण्ड,हिमाञ्चल,मध्य प्रदेश,आन्ध्रप्रदेश,सिक्किम,उडीसा प्रदेशमा शून्य सीट र छत्तीसगढ,गुजरात,अरुणाचल प्रदेशमा १–१ सीटमा बीजयी भएर काँग्रेस ९९ सीटहरुमा समेटियो,जबकि काँग्रेससँग देशका सम्पूर्ण प्रतिपक्ष एकजुट भएर चुनावमा उत्रिएका थिए,आफ्नै बलमा भाजपाले २४० सीटमा बीजयी भयो ।”जनमानसमा पनि भाजपाको विरोधमा अनेक टिप्पणी,आधारहिन हल्ला चलेका थिए । भारतमा नयाँ सरकार गठन भएपछि नेपालमा सम्बन्धकोे आआफ्ना अनुकूल व्याख्याहरु गर्ने इलममा कर्मचारीहरु कार्यालयमा–सर्वसाधारणहरु जहाँ अनुकल क्षेत्र छ त्यही स्थलमा व्यस्त भएका थिए । हरेक निर्वाचनपछि यस्ता हल्ला–टिप्प्णीहरु चल्नु स्वभाविक हुन्छ । जस्तै–‘ठाकुरको माफ करा.,ब्राम्हणको हाफ करो तथा भूमिहारोँको साफ करो’भनेर लालू प्रसाद यादवले जनतादलको तर्फबाट बिहारको मुख्यमन्त्री भएको एक बर्षपछि ई.सं.१९९१ मा दिएको नाराप्रति अहिलेसम्म आत्मालोचना नगर्नुले लालु–तेजस्वीको राष्ट्रिय जनता दलले खाशै प्रभाव जमाउन नसकेको,राम मन्दिरको नाममा सडक शहर बनाउने भनेर मुआव्जा बेगर धेरै अयोध्याबासिको उठीबाश योगी सरकारका कर्मचारीहरुले गर्दा भाजपाका मन्त्री नेताहरुले उदाशिनता देखाउनु पनि कारण हो भन्ने गफ पनि चलेका थिए । त्यसैगरी,रोजगारी दिने झुठो आश्वासन,परिक्षामा प्रश्नपत्र बाहिरिनु, रिजल्ट ढिलाई गरेर परिणाम आफ्नाहरुको पक्षमा पार्ने ,आदिबासी माथी भाजपाका नेताले पिशाव गर्नु,योगी आदित्यनाथले राम भक्त र रामद्रोही जस्ता कुरामा समाजलाई विभाजित गर्न खोजेका,योगी आदित्यनाथलाई चुनावको मुख्य नेताको रुपमा नमानेर वास्ता नगरिएको,जनमानशमा अरु स्थापित अग्रज नेताहरुलाई किनारामा पारेर मोदी र अमित शाहले राजनीति अडानी र अब्बानीले अर्थनीति हाँकेका भनेर नकारात्मक चर्चा हुनु, चुनावलाई नेहरु–काँग्रेस र मोदी–भाजपाको बीचको चुनाव मानेर अवकी वार ४०० पार फिर एक वार मोदी सरकार–ओ रामको ल्याए है हम मोदीको ल्याएङ्गे जस्ता नाराहरु उचाल्दै काँग्रेश मुक्त भारतको प्रचार गरिनु,२०१९ को चुनावमा पछिल्ला चरणमा मोदीको प्रचार सुत्रले काम गरेको जवकी अहिलेको चुनावमा मुद्धाबाट पर गएर मुशलमान विरोधी सम्बोधन–मङ्गल सुत्र–सम्पत्तिको वितरण सम्बन्धी काँग्रेसका घोषणापत्रको गलत ब्याख्या गर्दै भैसीँ,काँग्रेसकी विधवा,लगायतका हावादारी र घुणा कुरा मोदीजस्तो व्यक्तिबाट गरिनु,एक्जिट पोलको प्रचार,लद्धाखमा अडानीको खानी,ट्रम्प त कहिले बाईडन सरकार, अनि मणिपुर घटनाका प्रसङ्गहरु पनि जोडिने गरेका थिए । अर्कोतिर,नोट बन्दी,भाजपाका नेताहरुलाई भेटन नै नसकिने मन्त्रीको त कुरै नगरौँ–अति व्यस्तताको बढी स्वाङ्ग गरेर निर्वाचन क्षेत्रमा भाजपाका नेताहरु पाइला नटेक्ने,किशान आन्दोलन,हमाश इजरायल युद्धमा ढुलमुले कुटनीति,उत्तर कोरीया–चिन–रुष जस्तो एक समुदायको बहुमत भारत जस्तो विविधताले भरिएको देशमा नभएको अवस्थामा हिन्दुत्वलाई नै बहुमत मानेर लहड रहरमा निर्णय गर्नु,अटल विहारी बाजपेयी र मोदीको साशनकालमा भारतमा प्रजातन्त्र छैन–संविधानमाथि आक्रमण भयो–संविधान संशोधन तथा पुनरावलोकनका चर्चा चलाइएको भनेर सदनमा आवाज उठेको,वाजपेयीको पालामा साईनिङ्ग इण्डियाको नारा लाउदा पराजय हुनुपरेको बिर्सेर वान नेशन वान इलेक्शनको नारा दिँदा जनताले यदी भाजपा बिजयी भएमा नो इलेक्शन हुनेछ भन्ने अर्थमा बुझ्नु, एमएलएको पुरा रुप भन्न नसक्ने भनेर समेत सोसल मेडीयामा भाजपा नेताहरुको बौद्धिकता कमजोर भएको भनेर प्रशारित भएको अनि उनीहरुको भाषण सुन्दा जनतामा त्यस्तै महसुश हुनु,राज्यका अङ्गहरुको दुरुपयोग,भाजपा समर्थकहरुमा उदण्डता,धर्म–संस्कृति–गौमाता आदि देखावटी मात्रै सवभन्दा बढी अश्लिल संस्कृति भाजपा कै पालामा भएको, निर्दोष पत्रकार–करिव ४ हजार विधार्थी–लेखकको गिरफतारी, स्व.नेहरुलाई नै आफ्नो प्रतिष्पर्धी मानेर नेहरु विश्वविधालय नै खारेज गर्न अनेक प्रपञ्च गरिएको,न्यायपालिकासँग विवाद,इडी–आतङ्क,सस्तोमा कच्चा इन्धन खरीद गरेर महङ्गोमा बेचेका, न ‘सार्क’ सक्रिय बनाउने न त चिन तथा म्यानमार सहितको ‘एसयू–साउथ एशियन यूनियन’ बनाउनु पर्छ भन्ने तर्कपनि उठ्यो ।यशैगरी,आरएसएस स्थापनाको स्वीकृति इष्टइण्डिया कम्पनिले हिन्दु मुश्लिम एकतामा भाँजो हाल्ने भित्री मनशायले नै गरेका थिए जुन कुरा स्वयं आरएसएसलाई अवगत थिएन–बरु अंगै्जहरु हिन्दुहरुलाई माया गर्दा रहेछन् भन्ने भ्रममा थिए । बिश्वमा साम्यबादीहरुको प्रभाव बढीरहेको र यदी एकिकृत भारतमा परेमा त्यसले पुरा विश्वमा नै प्रभाव पार्ने भएकाले भगतसिंह–सुभाषचन्द्र बोश–चन्द्र शेखर आजाद लगायतलाई ईष्टईण्डिया सरकारले मृत्युदण्ड दिएर बाटो सफा गरेको थियो,साम्यबादीहरुको प्रभाव बढेमा हिन्दु मुशलमान एक भएर भारतलाई शक्तिशाली राष्ट्रको रुपमा एशियामा स्थापित गराएमा भारतको प्रभुत्व बढनेछ, बर्तमानमा आरएसएसले सामाजिक एकता र जातीय सदभावको कुरा गरिरहदा भाजपा नेताले आरएसएस चाहिँदैन भनेकाले आरएसएसको कुरा नमान्नाले महङ्गो पर्न गयो, गुजरात–मध्यप्रदेश र छत्तिसगढमा केही देखिएपनि न धर्म–भाजपा न जातापात–राजदको राजनीति त्यति चलेन,प्रभुराम र राम मन्दिरलाई राजनीतिमा प्रवेश गराईयो,महाराष्ट्रमा अवशरबादीलाई जनताले सवक सिकाए,भारतीय जनतामा चेतना मरिसकेको छैन,राहुल गान्धीले साधारण जनतासँग देखाएको घुलमिल जनताले रुचाए,देशको बहुमत जनताले घृणाको राजनीतिलाई रुचाएनन्, छिमेकि तथा मित्र राष्ट्रहरुबारे समिक्षा गर्दा कुटनीतिक मर्यादाको धज्जी उडाउने चाटुकार निर्लज्ज सञ्चारमाध्यमको मखुण्डो उत्रियो, ईभिएमलाई अव प्रतिपक्षले दोष दिने ठाउँ रहेन उनीहरु विगतमा जनमत नभएकाले नै पराजित भएका रहेछन्, तर अझ ईभिएमलाई प्रभावकारी बनाउनु पर्छ,लगायतका हल्ला खल्ला चलेका थिए ।
जी सेभेन ५० औँ बैठक–अपुलीया,इटाली–जुन १३ देखि १५सम्म सहभागी हुन गएको बेलाको सम्मानीय मोदीज्यूले पोपलाई भेटेर अगाँलो हालेको तस्वीरहरुको चर्चा चलेको सन्दर्भमा भारतमा ब्यङ्ग गर्दै लेखेको पाइयो–“पार्किंसन्स रोगले ग्रसित ८४ वर्षिय मानवाधिकार कार्यकर्ता फादर स्टैन स्वामीलाई नक्सलबादीको आरोप लगाउँदै ई.सं.२०१८ को चर्चित भीमा कोरेगाऊँको घटनामा सलग्न भएको आरोपमा गैर कानूनी गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) को दफाहरु लगाएर एनआईएले महाराष्ट्रको तलोजा कारगरमा बन्द गरेपछि बिरामी भएर अति दुख पाएपछि २०१९ मा अदालतसँग निवेदन गर्दै स्टैन स्वामीले ‘स्ट्रा–‘सिपर’ को माग गर्दा केन्द्रीय जाँच एजेन्सी–एनआईले अदालतसँग–‘उहाँ(एनआईएले आफू तर्फ नभएर प्रम नरेन्द्र मोदितिर सङ्केत) ले स्ट्रा–सिपर प्रदान गर्न सक्नुहुन्न’ भनेर जवाफ दिएको सन्दर्भमा तेश्रो पटक प्रधानमन्त्री हुनुभएपछि प्रम मोदीको मनमा कति धेरै माया भरीएको रहेछ भन्ने देखाऊन तस्वीर इटलीबाट आएको छ”(ज्ञानेन्द्र अवस्थी १५ जुन ई.सं.२०२४मार्फत सोशल मीडिया जनबिचार संबादको भित्ताबाट) ।
“अटल बिहारी वाजपेयीको सरकार भएको बेला आन्ध्र प्रदेशको तेदेपा–टीडीपीले आफ्ना गान्ती मोहना चन्द्रा–जीएमसी बालयोगीलाई लोक सभाको अध्यक्ष बनाउन सफल भएका थिए,यस पटक बिहारको जेडीयूले पनि यो पदको लागि प्रस्ताव गर्न सक्छ । गठवन्धनका सहयोगी दलहरुले प्रभावशाली मन्त्रालय–गृह,रेल,परराष्ट्र र रक्षा जसलाई ‘मलाईदार विभाग’ पनि भनिन्छ सम्भाल्न आपसमा लुछाचुडी–मतभेद पनि गर्न–हुन सक्छ । अब प्रतिपक्षले काँग्रेशको नेतृत्वमा अडानी–अम्बानी–इलेक्टोरल बण्ड–रोजगार लगायतका मुद्धामा संसदमा आवाज प्रवाहित गर्ने छ”(सम्पादकीय । देशबन्धु,समाचार पत्रिका ,भारत । अब ‘इण्डिया’ की राह क्या हो ! ११ जुन ई.सं.२०२४) जस्ता बहश भारतमा नै ४ जुन देखि नै शुरु भै सकेका थिए ।
सभामुख,उपप्रधानमन्त्री पदमा भाजपाको निर्णयमा क्षेत्रीय दलहरु सहमति भए सहज हुनेछ । काँग्रेसको तर्फबाट उडिसा कारोपुतका सांसद गिरिधर गामङ्ग उडिसाको मुख्य मन्त्री पदमा नियुक्ति भएपछि राजीनामा नदिएको कारणले संसदमा पेश भएको तत्कालिन प्रम अटल बिहारी वाजपेयीको विरुद्धको अविश्वास प्रस्तावमा मत दिन नपाउने माग जनतान्त्रिक गठबन्धनले गर्दापनि आफैँले समर्थन गरेर अध्यक्ष बनाएका अमलापुरमका टीडीपी सांसद बालयोगीले गामङ्गलाई सहमति दिएपछि मत परिणम २६९–२७० भएर १७ अप्रिल ई.सं.१९९९ मा बाजपेयीको सरकार त्यही एकमतले ढल्न पुगेको थियो । नेपालमा महाकाली सन्त्रीको पारित हुँदाको अवस्थापनि भाजपालाई सम्झना हुनसक्ने भएकाले अध्यक्ष भाजपा कै हुने सम्भावना छ,त्यसको लागि फग्गन सिंह कुलस्ते,राधामोहन सिंह र भर्तृहरि महताबको नाम चर्चामा छ । यस क्रममा, निम्न बर्गका वाममन्थी पृष्ठभूमिका कन्हैया कुमारलाई उच्च बर्गले सम्हालेका भाजपा,काँग्रेस जहाँ पनि अगाडि बढ्न दिइनेछैन–कम्युनिष्ट पार्टीमा छँदा एउटा पहिचान त थियो–अमेरिकामा त हिलारी क्लिटनलाई हराईएको थियो–तर नेपालमा त अरु दलका ‘मालदार’ प्रवेश गरेर नेताहरुसँग् भलाकुशारी गरेमा त्यही नै हावी हुन्छ भन्ने बुझेकाले पुरानाहरुले दुख गरेको पुरानो दलबाट बाहिरिनु पर्छ । अरु देशमा चाहिँ भारतीयलाई नागरिकता दिन दवाव दिने तर भारतमा चाहिँ आफुले सीएए लाएर उठिवाश लगाउने । यदी राहुलले सरकार बनाएका भएपनि सोनीया गान्धीजीको पशुपतिनाथ दर्शन गर्न नपाएको रिष अहिलेसम्म नमरेकोले सूर्य बहादुर थापालार्ई उसबेला बोलाएर राजिवले राजतन्त्रप्रति,नेपालप्रति धम्कि दिदै सूर्य बहादरलाई समेत लोभ देखाएका थिए रे भन्ने ब्याख्याको श्रृङ्खलामा बरु मोदी नै ठीक हुनुहुन्छ । नेपालको लागि–यदी मोदीजीको दलको ३०० पार मात्र भएको भए नेपालमा संसदीय चलखेलको स्वाद पाई सकेर सभ्रान्त भै सकेका बामपन्थीदलरुलाई मिलाएर (सम्भवतः यश मिलावटमा माधव कुमार नेपाल,झलनाथ खनाल,रोहित र एमबी समावेश नहुन सक्नु हुन्छ) चिनलाई वास्ता नगर्ने भियतनामको जस्तै आफ्नो अनुकुलको नेपालमा शक्तिशाली बामपन्थी दलको नीमार्ण गर्ने नीति मोदी गठबन्धन सरकार मार्फत कार्यान्बयन हुन सक्ने,भुटानहुने शर्तमा राजासँग मिलाउदै राजा तथा हिन्दुराष्ट्र दुवै कायम गराउन पनि भारतको एनडीए गठबन्धन सरकारले आफ्ना अनुकुलका अन्तराष्ट्रिय शक्तिहरुसँग कुराहरु राख्न सक्ने छन् जस्ता आधारहिन अनौपचारिक गफका अरु थप श्रृङ्खलाहरुको लहर बढदै गएको पाइन्छ ।
यी मध्ये,जति गरेपनि आफ्नो नहुने भारतीय सरकारको परम्परा अनुशार मोदी गठबन्धन सरकार पनिझन ककटेल स्वाद बुझ्न नै गाह«ो । भारतको नेपाल नीतिमा शान्ति तथा मैत्री सन्धि,सिमा विवाद,ईपीजी प्रतिवेदन लगायतका महत्वपूर्ण मुद्धामा कुनै फरक पर्ने वाला छैन,पूर्वाधार र बरु राज्यका श्रोत साधन कव्जा गर्न उद्धत हुदै कार्य गर्नमा सहयोग भन्दा नेतालाई चारा हालेर अलमल्याउने नीतिमा केन्द्रित हुने, मोदीजीको पूर्ण बहुमत आएको भए हिन्दु राष्ट्र पक्का अनि भुटान हुन तयार भए राजा पनि पक्का, हैन मोदीको कुरा–व्यवहार र भित्री कुटिलता फरक देखिएको छ । भारतमा कुनै पनि दलका नेताले चाहे महिला हुन वा पुरुष कुनै पनि विश्व हाक्न सक्ने क्षमताका नेपाली नेताहरुलाइृ मन पराउँदैनन् । राष्ट्रबादी शक्तिलाई त देशमा अघि बढ्न धेरै कठिन छ । देशमा राजनीतिक अस्थिरता भारतले सिर्जना गर्छ तर हैन “भारतले केही गर्दैन,भारतलाई दोष दिन्न,हाम्रै नेताहरु दलाली गर्छन आफ्नो दुनु सोझ्याउन, ओली भन्दा प्रचण्ड उदारबादी हुन र यो संविधान प्रचण्डको कारणले भन्दा ओलिको हतारले गर्दा आएको हो जसबाट मोदीको भारत रिसायो,चिन र भारतको विच गुलावको रुपमा फुलेको यो नेपालमा दुवै देशसँग सन्तुलन मिलाउन सक्ने क्षमतामा युवा काँगे्रसहरुमा अव प्रदिप पौडेल र गुरु घिमिरेको आशा छ ,सशाङ्कबाट केही हुन्न,शेखरले केही गर्न सक्छन यदी शेरबहादुरले पार्टी जिम्मा दिएमा ”(रमेश भण्डारी,नेपाली काँग्रेसका पुराना नेता । योहो टेलिभिजनमा बरिष्ठ स्वतन्त्र सञ्चारकर्मी–बैचारिक विश्लेषक जीवराम भण्डारीसँग भएको बहशको साराशं । ०२ असार बि.सं.२०८१) ।
“अन्य दल फुटाउने,विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक मुलुकको शासक भएर सम्पुर्ण राष्ट्रिय मिडियालाई कव्जा गर्दै विरोधि एवं प्रतिपक्षीका समाचार ब्लक गर्दै नागरिकलाई एकतर्फीय भजन सुनाए सरह आफ्नो प्रचार गर्ने । आफ्ना माग राखि आन्दोलनमा उत्रिएका सातसय किसानको हत्या हुँदासम्म पनि कृषकको समस्यालाई ओझेलमा पारिरहने ! फुटाएर,तर्साएर,गुप्तचर लगाएर भ्रष्टाचारको बिल्ला भिराउदै भारतको सबैभन्दा पुरानो राजनीतिक दलका नेताहरूलाई आफ्नो दल भाजपामा प्रवेश गर्न बाध्य पार्ने, विपक्षी दलकहरुको भुमिकालाई शुन्यमा पुर्याउने काम गर्ने । वेरोजगार युवाहरूका वारेमा बार्षिक पन्ध्रलाख युवालाई नोकरी दिन्छु भन्दै २ कार्यकाल ढाँट्ने । धर्मको नाममा राजनीति गर्ने । गान्धी परिवार सहित (जवाहरलाल नेहरू) कालाई सांसदबाट निलम्बन गर्दै निरंकुशताको पथमा लागेको कुरा नागरिकलाई अनुभुति हुँदा भाजपा नभएर मोदीको हार भएको ठान्दछु । सामाजीक सञ्जाल र युट्युवर पत्रकार एवं नागरिकको विश्लेषण एवं राय हेर्दा,सुन्दा र आजसम्मको स्थितिले भारतका सम्माननीय प्रधानमन्त्री मोदीजीले उपरोक्त बहश तथा जनमानसमा उठेका विषयमा सुधार गर्दै लगेमा भारतमा मोदीको विकल्प तत्काल देखिदैन पनि । नेपाल भारत सम्बन्ध सुमधुर रहिरहोस”गोविन्द चौलागाइ–आफैँ अज्ञानी उपनामले सामाजिक सञ्जालमा परिचित । बीपी कोईराला,कृष्णप्रसाद भट्टराई,शुसील कोईराला,शैलजा आचार्य, आदि नेताहरुको पथको सादगी जीवन पक्षधर,समाजसेवामा समेत संल्गन नेपाली कांग्रेस काठमाण्डौ महानगर समिति पुर्व सचिव तथा नेपाली कांग्रेस काठमाण्डौँ क्षेत्र नं १ का पूर्व क्षेत्रीय सदस्य । सुनापति–१ रामेछापका निज चौलागाईसँग राय माग गरिए बमोजिम सोसल मेडीयाको डिजिटल माध्यम मेशेञ्जरमा मिति ५ असार २०८१मा दिनु भएको राय) ।
भाजपाले भारतीय काँग्रेसले जस्तो छरछिमेकमा अस्पष्ट भूमिका खेलेर थाहा नपाई सुटुक्क उथल पुथल नै ल्याउनचाहिँ खोज्दैन तर नेपालका नेताहरु ५ बर्ष अघिको भन्दा अहिले प्रतिपक्षपनि वलियो छ,मोदी र यहाँका गठबन्धनका सक्षम नेताहरु पनि कमजोर नभएकाले नेपालका सबै राजनीतिक दलको एक सम्मेलन गरेर अन्तराष्ट्रिय मामिलामा देश तथा जनताको हितको लागि साझा एजेण्डा तय गर्ने–भारतीय जनताहरुसँगको एकता नखलबलिने गरी भारतको विरुद्ध आधारहिन प्रदर्शन वा गतिविधि गर्न नदिने, सरकार तथा भाजपा भने कै मोदीज्यू हुनुभएकाले सम्बन्धित गठबन्धनका सामान्य नेतालाई भेटन दिल्ली जाने र लैनचौरको राजदुताबास धाउन प्रतिष्पर्धा नगर्न,भाजपाका बर्तमान संघीय मन्त्रीपरिषदका सदस्यले जस्तो कुर्ता लाए–जशरी गम्छा भिरे त्यस्तै गरेर आफुलाई प्रस्तुत गर्दैमा मोदीजीलाई मन पर्दैन है भन्दै तलका माथिका सवै नेताहरुलाई उर्दी जारी हुनुपर्छ,नेपालको भूराजनीतिक एवं रणनीतिक अवस्थालाई बिचार गरी बैदेशिक सहायता लगायत अरु क्षेत्रीय प्रभाव पार्ने मामिलामा छिमेकि प्राथमिकतामा पार्नु उपयुक्त हुन्छ–पूर्व प्रमहरु केपी ओलीजी तथा बाबुराम भट्टराईज्यूले नेपालले आफ्नो लागि जुन देशका सरकारसँग पनि जस्तो सुकै सम्झौता गर्न सक्छ भनेर पहिलेको सम्बन्धको प्रक्रियामा असहमत जनाउनु भएको तर माधव कुमार नेपाल,शेखर कोइराला र महराको छिमेकि प्राथमिकता हुनुपर्ने भन्ने बिचार थियो रे जस्ता प्रतिक्रिया गफका माध्यमबाट प्रकट हुने गर्छन । अनि,रुषले गरेको योजनाबद्ध विकाशको चमत्कार देखेपछि नेहरुजीले पनि गठन गरेको पद्धतिमूलक समाजबादी योजना आयोगलाई विघटन गरेर आफ्नो अनुकुल हुनेगरी नीति आयोग बनाउनु भएको प्रम मोदीजीले नेपालमा पनि ‘कोलि’ भनेर यशो सुमसुम्याउनु मात्र के भएको थियो नेपालमा पनि नीति आयोग कै प्रतिलिपि बनी त हाल्यो । तर पञ्चायतले बनाईदिएको भनेर पुरानो योजना आयोग विघटनचाहिँ गर्न सक्नु भएन,जुन महेन्द्र,वीपी र पुष्पलालको सपना पुरागर्ने साधन थियो जस्ता अनौपचारिक गफका श्रृङ्खलाहरु नेपालमा जोडिदै गएका थिए । अझै जोडिने छन् कालान्तरसम्म ।
सम्माननीय मोदीजीको गोडा छुन खोजेका नेताहरुको प्रतिष्पर्धा देख्दा र दुवै ठूला क्षेत्रीय दलका प्रमुख नेताले पद पाएका वा नपाएकाको आधारमा निर्णय गर्दा आन्ध्रले मुख्य मन्त्री पाईसकेकाले उपप्रम बिहारलाई दिएर सभामुख भाजपा आफैँले नै तय गर्न सक्छ । केन्द्रीय मन्त्रालयको कार्यभार बाँडफाँड भएपनि सम्मानीय मोदीजीले र काँग्रेसले लोकतन्त्रको खरिदबिक्रीकोे समेत अभ्याश राज्यस्तरमा गराईसकेकाले दुवै गठबन्धनबाट प्रधानमन्त्रीहुनेहरुले देशभित्रकै समश्यामा अलमलिनु पर्ने भएकाले छिमेकीसँग मिलेर जाने नीति अवलम्बन गर्नेछन् भन्ने सकारात्मक बिचार हामी नेपालीले राख्नुपर्छ ।
( प्रतिकात्मक छविचित्र श्रेय ः काँग्रेसका सोनीया गान्धी,अध्यक्ष सहितकोे भारतीय सचेत नागरिक योगिराज शर्मा ८ जुन मा निजको सामाजिक सञ्जालको भित्ताबाट । भाकपा माक्र्शबादीको घोषणापत्र सहितको ,११ अप्रिलको सोसल मेडीया मेडीयानामा–सारसवति एनटीबाट । एनडीए नेताहरुको ज्ञानेन्द्र अवस्थी ५ जुन निजकोे सामाजिक सञ्जालको भित्ताबाट मार्फत जनविचार सम्बाद सोसल मेडीया,भारत । अधोभार गुगल इन्टरनेट १५ जुन ई.सं.२०२४ नेपाली समय दिनको ४.५७–साँझ ७.०४ बजे । बिम्वहरुको कलात्मकरुपमा सन्धिगरेर सहयोग गर्नुहुने–श्री अरुण भण्डारी,अंग्रेजी शिक्षक,श्रम राष्ट्रिय मावि,काठमाडौँ वार्ड नं.७) ।