सुनको मूल्य घट्यो, १ लाख ६१ हजार रुपैयाँमा कारोबार
काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।