संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख घिमिरे

काठमाडौँ । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् । 

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसकी सुशिला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी रहेका ।

मंगलबार स्थगित गरिएको बैठक आज ११ बस्ने कार्यतालिका रहेको थियो तर अहिलेसम्म बैठक शुचारु गरिएको छैन । मंगलबार रास्वपा सांसदहरू निलो रिबनसहित संसद उपस्थित भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । त्यसपछि सभामुख घिमिरेले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *