एक जनाले अंग दान गर्दा आठ जनाले नयाँ जीवन पाउँछन् : डा. श्रेष्ठ
काठमाडौँ । मानिसले अंग दान गर्नुभनेको सबैभन्दा ठूलो दानको रुपमा लिइन्छ । नेपालमा पहिला अंग दान गर्नुलाई कानुनी रुपमा मान्यता दिइएको थिएन । अहिले नेपालमा ब्रेनडेथ भएका व्यक्तिको अंग प्रयोग गर्न पाउने नियमले कानुनी मान्यता पाएको ५ वर्ष भइसकेको छ । यसबीचमा ३ जना ब्रेनडेथ भएका व्यक्तिको मिर्गाैला र कलेजाले गरी ६ जना व्यक्तिले नयाँ जीवन पाएका छन् । ब्रेनडेथ भइसकेको व्यक्तिको अंग जुन त्यसै खेर जान्छ, ती अंगले हजारौंको ज्यान जोगाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।
चिकित्सकका अनुसार त्यस्ता व्यक्तिले अंग दान गर्दा जीवित व्यक्तिले सित्तैमा अंग प्राप्त गर्ने गर्ने छन् । अर्को स्वस्थ व्यक्तिबाट अंग झिक्दा हुने जोखिमको अन्त्यहुने छ । यस्ता कार्यबाट समाजमा थुप्रै फाइदाहरु हुन्छन् । तर, यति महत्वपूर्ण हुँदाहुँदै पनि अंग दान कार्यक्रमलाई बढावा दिन नसकिएको चिकित्सकहरुको दुखसो छ । ब्रेनडेथ र अंग दानको फाइदा र महत्वका बारेमा केन्द्रित रहेर वरिष्ठ सर्जन डा.पुकारचन्द्र श्रेष्ठसँग सत्याग्रह साप्ताहिकका लागि गरिको कुराकानीको सम्पादित अंश
डा.पुकारचन्द्र श्रेष्ठ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाकार्यकारी निर्देशक
कुन अवस्थालाई बिरामीको मष्तिष्कको मृत्यु (ब्रेनडेथ) भएको भनिन्छ ?
सडक दुर्घटना या मष्तिष्क पक्षघातका कारण ब्रेनडेथ हुन्छ । मष्तिष्कघात, उच्चरक्त चाप, मधुमेहका कारण पनि रगतको नसाहरु छुटेर मष्तिष्कघात हुनसक्छ । अनि मष्तिष्कघातको उपचार सफल भएन भने बिरामीको ब्रेनडेथ हुन्छ । मष्तिष्क र मेरुदण्ड जोड्ने बीचको भागलाई ब्रेन स्टीम भनिन्छ, ब्रेन स्टीम डेथ नै ब्रेनडेथ हो । मष्तिष्कले ग्रहण गर्ने र प्रतिक्रिया दिने कार्यमा अपरिवर्तनीय क्षति भएमा ब्रेनडेथ भएको भनी बुझ्नुपर्छ । ब्रेनडेथ भएको निर्क्योल चिकित्सकहरूले गर्नुपर्छ । स्टीममा कुनै प्रतिक्रिया नभएको, बिरामीको शरीरमा प्राकृतिक रुपमा श्वासप्रश्वास नभएमा चिकित्सकले परीक्षण गरी ब्रेनडेथको घोषणा गर्न सक्छन् ।
ब्रेनडेथ भएको कति समयसम्म अन्य अंगले काम गर्छ ?
ब्रेनडेथ भएपछि पनि शरीरमा मुटु, फोक्सो, कलेजो, मिर्गाैला केही समयसम्म चलिरहन्छन् । किनभने शरीरमा रक्तसञ्चार भइरहेको हुन्छ । फोक्सोलाई भेन्टिलेटरमा राखेर चलाइरहेको हुन्छ भने मुटुको चाललाई चलाउन औषधी दिइएको हुन्छ । मष्तिष्क मृत्यु भएपछि अरु अंगहरुमा बिस्तारै क्षति पुग्छ । त्यसैले जतिसक्दो चाँडो अंगदानको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । जति ढिला हुन्छ उत्तिनै अंगहरु खराब हुँदै जान्छन् । अंगनिकालेपछि आइस बक्समा राख्नुपर्छ । समयमै निकालिएको अंगहरुमध्ये २४ घण्टाभित्र मिर्गाैला, १० देखि १२ घण्टाभित्र कलेजो र प्यांक्रियाजतथा ४ देखि ६ घण्टासम्म मुटु र फोक्सोको प्रत्यारोपण गरिसक्नु पर्छ ।
नेपालमा ब्रेनडेथ पछिको अंग प्रयोगबारे कस्तो बुझाई छ ?
(ब्रेनडेथ)पछि गरिने अंगदान सम्बन्धी जनचेतना जन–जनमा पुग्न सकेको छैन । ३÷४ वर्ष अगाडि ब्रेनडेथ भएकाको अंगदानलाई प्रोत्साहित गर्न जुन जसरी चलेको थियो अहिले निराशाजनक छ । यसबारे बुझ्ने, बुझाउने, सोधखोज गर्ने, ब्रेनडेथ भएकाव्यक्तिहरुको अंगलिनकालागिनाम लेखाउने धेरै थिए तर अहिले जनचेतनाका कार्यक्रम ठप्प हुँदा यो व्यवस्था ओझेलमा परेको छ । नेता, कलाकार, समाजसेवी, पत्रकार लगायतले ब्रेनडेथ भएपछि मेरो अंगदानगर्नेछु भनेर मञ्जुरीनामा दिन उत्सुक हुन्थे । अहिले त्यो रौनक छैन । यसो हुनुमा कोभिड त छँदैछ ब्रेनडेथ सम्बन्धमा बनेको प्रावधानमा राजनीतिले पनि ठूलो असर ग¥यो ।
अहिलेसम्म अंगदानका लागि कतिजना इच्छुक देखिए ?
जतिबेला ब्रेनडेथको अंगदानलाई प्राथमिकतामा राखियो त्यतिबेलाकरिब २५ सयजनाले मञ्जुरीनामा दिनुभएको थियो । मञ्जुरीनामा दिनेहरुमा पूर्वस्वास्थ्यमन्त्री, नेता, पत्रकार, कलाकार, समाजसेवीलगायत छन् । अहिले वर्तमान स्वास्थ्यमन्त्री, मुख्य सचिवलगायतले अंगदानको घोषणा गरिसकेका छन् ।
हालसम्म ब्रेनडेथ भएका कति जनाको अंगको प्रयोग भएको छ ?
मैले अगाडि पनि भनिसकेँ, ३/४ वर्षदेखि अंगदानलाई प्रोत्साहित गर्न केही कार्यक्रम हुनसकेनन् । हालसम्म तीनजना खव्यक्तिको ६ वटा मिर्गाैला र एउटा कलेजो प्रत्यारोपण गरेका छौं । ब्रेनडेथ सम्बन्धी प्रावधान आएको ५ वर्षमा जम्मा ३ जनाको मात्रै अंगदान हुनु भनेको निकै दुखःद् हो । हामीले ब्रेनडेथ भएकाको अंगदानलाई निकै अगाडि लैजान सक्थ्यौँ त्यसो हुन सकेन । अंगप्रत्यारोपण सम्बन्धी ऐनमा ब्रेनडेथ सम्बन्धी प्रावधान संसोधनसहित २०७२ को माघमा जारी भयो । २०७३ पुसमा प्रावधान लागू गर्न नियमावली बन्यो । नियमावली आएको ३ महिनापछि ब्रेनडेथ भएका व्यक्तिको २ वटा मिर्गाैला जीवित व्यत्तिको शरीरमा राखेका थियौं ।
नेपालमा अंगदानको आवश्यक कति छ ?
नेपालमा कलेजो तथा मिर्गाैला रोगका बिरामीको संख्या बढ्दो छ । अस्पतालहरुको तथ्यांक हेर्दा वर्षेनी झण्डै ३ हजार जनाको मिर्गाैला र १ हजारको कलेजो फेल हुने गरेको छ । अंगप्रत्यारोपण गर्न नमिल्ने रोग भएका केही व्यक्तिलाई बाहेक मिर्गाैला फेल भएका अधिकांशलाई प्रत्यारोपण गर्नैपर्ने छ । तर वर्षमा करिक २५० जनाको मिर्गाैला र ५ जनाको मात्रै कलेजो प्रत्यारोपण हुने गरेको छ । अंग प्रत्यारोपणको आवश्यकता र आपूर्तिबीचको ठूलो खाडल देखिन्छ । यसको कारण अंगदाता नपाउनु नै हो । यो अवस्थामा हामीले अंग दानबारे बुझाएर यसलाई प्रोत्साहित गर्न सके प्रत्यारोपणको विकल्प नभएका बिरामीलाई अमृतसरह हुन्छ । त्यसैले नेपालजस्तो देशमा ब्रेनडेथबाट हुने अंग दानको महत्व धेरै छ । विकसित मुलुकमा हुने कुल प्रत्यारोपणको ८० प्रतिशत बढी अंग ब्रेनडेथ भएका व्यक्तिहरुबाट प्राप्त हुन्छ । सडक दुर्घटना त्यहाँपनि हुन्छ तर यहाँत्यहाँको तुलनामा अझ बढी हुन्छ ।
नेपालमा वर्षेनी दुर्घटना वाअन्यकुनै रोगका कारण २ हजार भन्दाबढीको ब्रेनडेथ हुने गरेको छ । एक जना ब्रेनडेथ भएको व्यक्तिको ८ वटा अंगजीवित शरीरमा प्रयोग गर्न सकिन्छ । खेर जाने ती अंगहरुबाट ८ जनाको जीवन बचाउन सकिन्छ । ब्रेथडेथ भएकाव्यक्तिको २ वटा मिर्गाैला, २ वटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्याक्रियाज गरी ८ वटा अंगजीवित शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमाभने अहिले मिर्गाैला र कलेजो मात्रै प्रयोग गर्न सकिने अवस्था छ । १ हजार ब्रेनडेथ भएका व्यक्तिको २ हजार वटा मिर्गाैला र १ हजार कलेजो गरी मिर्गाैला र कलेजोका ३ हजार बिरामीको ज्यान जोगिने थियो ।
ब्रेनडेथ भएका व्यक्तिको अंग निकालेर जीवित शरीरमा राख्न कत्तिको जोखिम हुन्छ ?
स्वस्थव्यक्तिको अंगनिकालेर प्रत्यारोपण गर्नुभन्दा ब्रेनडेथ भएकाव्यक्तिको अंगनिकाल्नु चुनौती रजोखिमकाहिसाबले निकै सहज हुन्छ । कलेजो प्रत्यारोपण गर्दा कलेजोको आधाभाग काटेर अर्काे व्यक्तिको शरीरमा राख्नुपर्ने हुँदा मिर्गाैलाको तुलनामा कलेजो प्रत्यारोपण निकै जोखिमपूर्ण छ । त्यसैले कलेजो प्रत्यारोपणमा ब्रेनडेथ भएकाव्यक्तिको अंगप्रयोग गर्नु सुरक्षित र लाभदायक हुन्छ । ब्रेनडेथ भएकाव्यक्तिको अंगप्रयोग हुन सके स्वस्थव्यक्तिको अंग निकाल्ननपर्ने, अंग दानकाक्रममा हुने जोखिमको अन्त्य हुन्छ । ब्रेनडेथ व्यक्तिको खेर जाने अंगलाई कुनै हानी बिना उपयोग गर्न सकिन्छ । मृत्यु भइसकेका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिको शरीरमा बाँचिरहेको हुन्छ । यो जस्तो पुण्य काम अरु के हुन सक्ला ? त्यसैले सबैले अंगदान गर्न प्रतिवद्धता जनाउनुपर्छ, अंग दान गर्ने चलन बसाल्नुपर्छ ।
अंग दान जति हुनपर्ने थियो, त्यति किन भइरहेको छैन ?
अंग अरु व्यक्तिलाई दिनका लागि पहिला नै अंग दानको घोषणा गरेको हुनुपर्छ या निजको नजिकको नातेदार वा आफन्तले बिरामीको ब्रेनडेथ भएपछि अंग दान गर्न मञ्जुरी दिएको हुनुपर्छ । यी दुईमध्ये एक अवस्थामा मात्रै ब्रेनडेथ व्यक्तिको अंग प्रयोग गर्न सकिन्छ । नेपालमा अंग दानबारे जनचेतना हुनसकेको छैन । अर्काे कुरा, चिकित्सकीय जनशक्तिमा पनि अंग दानबारे व्यवहारिक ज्ञानको कमी छ । ऐनले ब्रेनडेथ भएकाव् यक्तिको अंग लिने सम्बन्धमा समन्वय गर्न शहीद धर्मभक्त अस्पताललाई समन्वय इकाइ तोकेको छ । यसलाई अझ यसरी स्पष्ट पारौं, उदाहरणका लागि कुनै अस्पतालमा उपचाररत बिरामीको ब्रेनडेथ भयो भने उक्त अस्पतालले समन्वयइकाइलाई यसबारे जानकारी गराउनुपर्ने हुन्छ । बिरामीका परिवारलाई परामर्श गर्ने, ब्रेनडेथ भएको व्यक्तिको अंग प्रयोग गर्न मिल्ने÷नमिल्ने जाँचगर्ने जिम्मा बिरामी रहेको अस्पतालको हुन आउँछ ।
उक्त अस्पतालअंगनिकाल्न सक्षम छ भने सोही अस्पतालले पनिअंगनिकाल्न सक्छ । प्रत्यारोपणको सुविधाभएको अस्पतालमा बिरामीको ब्रेनडेथ भएको छ भने त्यही अस्पतालमा अंगप्रत्यारोपण गर्न हामीप्रोत्साहित गर्छाै । यदि सो अस्पतालमा हुननसक्ने भएप्राविधिक टोली पठाउछौँ । अस्पताल तथाचिकित्सकलाई मेरो अनुरोध के छ भने–यदि बिरामीको ब्रेनडेथ भएमानिजको परिवारलाई अंगदानबारे सम्झाउनुहोला। बिना संकोच यसबारे समन्वयइकाइमाखबर गरिदिनुहोला । यहाँपारदर्शी रुपमाकाम हुन्छ । साथै अंग ग्रहणकर्ताले पनिआफू ब्रेनडेथ व्यक्तिको अंगलिनतयार रहेको भनीनाम टिपाउनुहोला ।
ब्रेनडेथ व्यक्तिको अंग निकाल्न अस्पतालमा कस्ता पूर्वाधार र जनशक्ति चाहिन्छ ?
सर्वप्रथमअंगप्रत्यारोपणका लागिइजाजतप्राप्त अस्पताल र जनशक्ति हुनपर्छ । जीवितव्यक्तिको अंगप्रत्यारोपण गरेको विशेषज्ञ या प्राविधिकलाई ब्रेनडेथ भएकाव्यक्तिको अंगनिकाल्ने अनुभवनहुनपनि सक्छ । त्यसैले उक्तकार्य गर्न सक्षम हुनपर्छ । त्यसैले जीवितव्यक्तिको अंगप्रत्यारोपण गर्ने अस्पताल र जनशक्तिले ब्रेनडेथ भएकाव्यक्तिको अंगप्रत्यारोपण गर्न तालिमलिन जरुरी छ ।
ब्रेनडेथ भएका व्यक्तिको अंग क – कसले पाउँछन् ?
ब्रेनडेथ भएकाव्यक्तिको अंग सबैले पाउँदैनन् । सर्वप्रथम ब्रेनडेथ भएकाव्यक्तिको अंगआफ्नो अंगसँगम्याचहुनुपर्यो । आफू सो अंगलिनतयार रहेको भनी बिरामीले उपचाररत अस्पतालमा मञ्जुरीनामादिनुपर्दछ । त्यसरी मञ्जुरीनामा दिएकाव्यक्तिहरूमध्ये पनि सबैभन्दा बढी समय अंगको पर्खाइमा बसेको, डाइलाइसिस धेरै समयदेखि गरिरहेको, ब्रेनडेथ भएकाव्यक्ति र लिने व्यक्तिको उमेर समानभएमाअंगलिने व्यक्ति र ब्रेनडेथ भएकाव्यक्तिको अंगको म्याचिङ राम्रो भएमा र ब्रेनडेथ भएका व्यक्तिमहिला वा पुरुष जो भएपनिमहिलापहिलो प्राथमिकतामा पर्नेछ भनेर नियमावलीमाप्राथमिकतानिर्धारण गरिएको छ ।
अंगप्रत्यारोपणमा लैंगिकविभेदको अवस्थाविकराल छ । अंगदानमामहिलाको प्रयोगगर्ने तर अंग ग्रहण गर्न पुरुषको बाहुल्यता धेरै छ । स्वस्थव्यक्तिले दिने अंगदानमा ८० प्रतिशतदातामहिला हुन्छन् तर महिलालाई आवश्यक परे अंगदिइँदैन । यो अवस्थालाई मध्यनजर गरेर अंगप्रत्यारोपण सम्बन्धी ऐनमा ब्रेनडेथ भएकाव्यक्तिको अंगप्राप्तगर्नेबारे महिलालाई प्राथमिकतामा राखिएको थियो ।
तर केही समय अगाडि उक्तनियमावली संसोधन गरी महिलाले पाउने अधिकारलाई कटौती गरी नयाँनियमावलील्याइएको छ । महिलाले अंगपाउननसक्ने गरी नियमावली संसोधनगरिएको छ । ब्रेनडेथबाट पाएको अंगमहिलालाई ३ गुणा बढी दिनसक्ने गरी नियमावलीबनाइएको थियो । त्यसैले हामी फेरि उक्तनियमावली संसोधन गरी महिलालाई प्राथमिकतामा राख्ने कोसिस गरिरहेका छौँ ।