चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण
काठमाडौँ । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।
सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ । जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ । बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ ।
कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ । चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना सङ्क्रमणको को कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।