दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका हुन् । दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गरेका हुन् । प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरेकी हुन् ।

पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित भएकी हुन् । चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ ।
यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *