स्थानिय निर्वाचन : भक्तपुरमा एमालेलाई धक्का
काठमाडौँ । २०७४ को निर्वाचनमा विजय भएको मध्यपुर, चाँगुनारायण नगरपालिका र दधिकोट ४, र ९ मा नेकपा एमालेलाई यसपटक नराम्रोसँग धक्का लागेको छ । अहिले चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जिवन खत्री विजयी भएका छन् । उनले निकतम प्रतिद्धोन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै विजयी भएका हुन् । यस्तै उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् ।
मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गरेका हुन् । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् । नगरउपप्रमुखमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे ।
नेपालले ८९६३ मत पाएकी छन् । मदनसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नाताले ज्वाई जेठान हुन् । मध्यपुरथिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ मा कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका छन् । विजयी मेयर उपमेयरलाई एमालेका उम्मेदवार तथा पूर्व मेयर मदन सुन्दर श्रेष्ठले बधाई दिएका छन् । भुपु प्रधानमन्त्री केपी ओलिले मतदान गरेको र बसोबास रहेको क्षेत्र सुर्यबिनायक नपा. २ मा नेपाली काङ्ग्रेसका प्रदीप कार्कीको प्यानल विजयी भएका छन् र ३ मा नेपाली काङ्ग्रेसका दिपेन्द्र केसी वार्ड अध्यक्षमा निर्वाचित भएका छन् ।