कामपा १० मा काँग्रेसका रामकुमार केसीको पुरै प्यानल नै अत्याधिक बहुमतले बिजयी

काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं १० मा नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार रामकुमार केसीको सम्पूर्ण प्यानलले नै अत्याधिक बहुमतले बिजयी भएको छ । मत गणनाको अन्तिम परिणाम अनुसार रामकुमार केसी अत्यधिक बहुमत विजय विजयी भएका छन । नव निर्वाचित वडा अध्यक्ष रामकुमार केसीले ३४४८ मत ल्याएका छन भने नेकपा एमालेका अशोक कार्कीले १९३३ मत ल्याएर पराजित भएका छन । केसीले कार्कीलाई १६०५ मतको भारी मत अन्तरले पराजित गरेका छन । गत स्थानिय निर्वाचनमा यो विजयी र पराजित उम्मेदवार बिचको फासला करिब ३०० को हाराहारीमा थियो ।

कामपा वडा नं १० मा ७ हजार ९० मत खसेको थियो । वडा अध्यक्ष केसी सहित महिला वडा सदस्यमा रोहिनी श्रेष्ठले ३३५३ मत पाएकी छन्, भने खुल्ला वडा सदस्यमा नरोज अर्यालले ३३४० र सतिश तण्डुकारले ३२०२ मत पाएका छन् । त्यस्तै दलित महिला वडा सदस्यमा सुनिता भित्राकोटीले सबै भन्दा बडी ३४८४ लोकप्रिय मत ल्याएर विजयी भएकी छन् । सुनिताले आफ्ना प्रतिद्वन्दी भन्दा २०४९ बडी मत ल्याएकी छन । यस्तै मेयर पदमा बालेन साहले २७३९ मत, सृजना सिहले १७९८ मत र केशव स्थापितले ११०७ मत प्राप्त गरेका थिए ।

कामपा वडा नं १० मा गत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले नै विजय हासिल गरेको थियो । पुरानै टिम दोहोर्याएको कांग्रेसले यस स्थानिय निर्वाचनमा बिगत २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा बडी मत ल्याएर त्यसमा पनि धेरै मत अन्तरमा विजय हासिल गर्नुले नेपाली कांग्रेसको लोकप्रियता यस वडामा झन बडेको देखिन्छ । गत २०७४ सालमा चुनिएर आएपछी वडा अध्यक्ष रामकुमार केसीले निस्वार्थ भावमा काम गरेको कारणले केसीसहित उनको टिम र नेपाली कांग्रेसको जनाधार र लोकप्रियता ह्वात्तै बडेकै कारण यो जित सुनिश्चित भएको हो । आज विजयी भएका रामकुमार केसीको टीमले गत ५ बर्षे कार्यकालमा ईमानदारीताका साथ राम काम गरेकै कारणले यो पटकको निर्वाचनमा अत्याधिक मत पाउन सफल भएका हुन । गत २०७४ सालको स्थानीय निर्वाचनमा १५०-२५० मत अन्तरका बिच हारजितको छिनोफानो भएकोमा यसपटक १६०५-२०४९ सम्मको मत अन्तरले नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गरेबाट रामकुमार केसीको टीमले ईमानदारीताका साथ राम्रो काम गरेको पुष्टी र प्रमाणित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *