भरतपुर मेयर रेनु दाहाल सवारी दुर्घटनामा परी अस्पताल भर्ना

काठमाडौँ । भरतपुर चितवनकी नवनिर्वाचित मेयर रेनु दाहाल आज शुक्रबार ललितपुरको जावलाखेलमा सवारी दुर्घटनामा परेकी छन् ।

मेयर दाहाल चढेको गाडी जावलाखेलमा दुर्घटनामा पर्दा उनी सामान्य घाइते भएकी छन् । उनलाई जावलाखेलकै सुमेरु अस्पताल भर्ना गरिएको छ। अस्पतालले दाहालको स्वास्थ्यस्थिति चिन्ताजनक नरहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *