मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्ने : बागमती प्रदेशका सभामुख श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताए । राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयद्वारा हेटौँडामा आज आयोजित कार्यक्रम शुभारम्भ गर्दै उहाँले मानव अधिकार संरक्षणको सवालमा सबै एकजुट हुनुपर्ने र राज्य सञ्चालन गरिरहेका व्यक्ति तथा निकायले आ–आफ्ना अधिकार तथा कर्तव्य बुझ्न सके सबै समस्या समाधान हुने उल्लेख गर्नुुभयोे । घरपरिवार र समाजबाट राम्रो संस्कार र संस्कृतिको विकास गर्नसके समाजमा कुनै खालको घटना नहुने सभामुख श्रेष्ठको भनाइ थियो ।

सोही प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री शन्त प्रजाले नागरिकको मानव अधिकार संरक्षणको सवालमा कुनै किसिमको भेदभाव गर्न नहुने बताए । आयोगका प्रादेशिक प्रमुख यज्ञप्रसाद अधिकारीले द्वन्द्वका बेलामा नागरिकको सुरक्षाका लागि आयोगले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका छन् । हेटाँैडा उमहानगरपालिकाका प्रमुख मीना लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मानव अधिकारका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *