मंगलबार हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको हो ।

संवाद मंगलबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा आयोजना हुने आयोजकले जनाएको छ । डिजिटल संवादमा बागमती प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल हुनेछ । ह्वावेको मुख्य प्रायोजन र इन्फोडेभलपर्सको सहप्रयोजनमा आयोजना डिजिटल संवादमा बागमती प्रदेशका सरकारी, निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ ।

डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिने छ । यस कार्यक्रम बारे थप जानकारी लिन digitalsamvad.org भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिने छ । यसअघि बागमती प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *