सनराइज क्यापिटलमा निःशुल्क डिम्याट खाता
काठमाडौँ । सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पुहँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको जनाएको छ । यस सुविधा सनराइज क्यापिटलको सम्पूर्ण शाखा कार्यालय वा कम्पनीका वेवसाईटबाट पनि लिन सकिने कम्पनीले जनाएको छ ।